फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

 तिब्बतीहरूको नव वर्षको चलन

(GMT+08:00) 2020-03-03 10:08:54

फेब्रुअरी २४तारिखदेखि सन् २०२० तिब्बती जातिको नव वर्ष सुरू भएको छ। तिब्बती जातिको नव वर्ष तिब्बती जातिको सबैभन्दा भव्य र रमणीय जातीय महोत्सव हो। सो अवसरमा तिब्बती साथीहरूले कसरी पर्व मनाएका छन्?

तिब्बती जातीय परम्परागत रीतिरिवाजअनुसार, नव वर्ष मनाउँदा तिब्बती सर्वसाधारणले जातीय पोशाक लगाएर रंगीविरंगी परम्परागत साँस्कृतिक कार्यमा भाग लिएका छन्। त्यसैले तिब्बती जातिको नव वर्ष परम्परागत सँस्कृतिको उत्तराधिकार गर्ने भव्य समारोह पनि हो।

उदाहरणका लागि सोही अवसरमा तिब्बतीहरूले "छेमा", "कुथु"नामक खाना खाने चलन छ।

छेमा पोलेको जौ र गहुँलाई काठद्वारा बनाइएको आयताकार बक्समा राखिएको हुन्छ। उक्त बक्समा चन्द्रमा र ताराको चित्र कुँदिएको हुन्छ। "छेमा" प्रचुर फसल भित्र्याउने प्रतिक गर्नुका साथै खाने मान्छेलाई नयाँ वर्षमा सौभाग्य तथा स्वस्थ रहोस् भन्ने शुभकामनाको भावना हुन्छ।

तिब्बती जातिको नयाँ वर्ष अघिको दिन अर्थात् पूरानो वर्षको अन्तिम राति परिवारका पूरै सदस्यहरूले एउटै ठाउँमा भेला भएर सँगसँगै बसेर "कुथु" खाने कार्यक्रम नभई नहुने कुरा हो। "कुथु" मुछेको पीठो, भेडाको मासु आदि सामग्रीद्वारा बनाइएको खीर हो। महिलाहरूले मुछिएको पीठोका स-साना डल्ला बनाएपछि त्यसभित्र विविध सामग्री राखिएको हुन्छ। यी सामग्रीले खाने मान्छेको भाग्य र वर्णको प्रतीक गरेको मानिन्छ। उदाहरणका लागि ढुङ्गाले क्रूर, ऊनले कम्जोर, चारकोलले मन कालो तथा नराम्रो, सिक्काले धनको भाग्य भएको प्रतीक गरेका छन्। मान्छेहरूले त्यसबारे हाँस्दै गफगाफ गर्दा कत्ति रमाइलो छ।

मिठा मिठा खानेकुरा खाँदै तिब्बतीहरूले तिब्बती ओपेराको अवलोकन गर्ने रीतिरिवाज पनि छ। हाल तिब्बती ओपेराको राम्रोसँग सुरक्षा गरिएको छ। तिब्बती ओपेराको उत्तराधिकार तथा विकास गर्न सरकारले विशेष लगानी गरेको छ। श्वे तुन चे अर्थात् हिउँ महोत्सव आदि महत्वपूर्ण पर्वमा तिब्बती ओपेराको पनि अभाव हुँदैन। त्यसैले तिब्बती ओपेराको लोक प्रदर्शन समूहहरूको तिव्र विकास पनि भएको छ। तिब्बती जातिको नव वर्ष मनाउने अवसरमा तिब्बती ओपेराका यी लोक प्रदर्शन समूहहरूले विभिन्न क्षेत्रमा प्रदर्शन गर्छन्।

त्यसबाहेक नव वर्ष मनाउनका लागि जौको बालाद्वारा सुन्दर "लोसामैतो", सुमधुर तथा खुशीयाली लोकप्रिय नाचगान कला आदि आदि पनि देखाइन्छ। हाल तिब्बती जातिको नव वर्ष तिब्बती लोकप्रिय कला, खेलकुद तथा रीतिरिवाज देखाउने महत्वपूर्ण मञ्च बनेको छ।

त्यसैले भविष्यमा मौका पाएमा तिब्बतमा यात्रा गरेर विशेषतायुक्त तिब्बती नव वर्षको अनुभव गरौंला।

जानकारी तथा लेखहरु