
चीनको हान र थाँग वंशदेखि ऊ थाइ पहाड सधैँ नै चीनको बौद्ध धर्मको केन्द्र रहिआएको छ। ऊ थाइ पहाडलाई हाल राष्ट्र स्तरीय पर्यटन स्थलका रुपमा तोकिएको छ। त्यस पहाडका सबैभन्दा प्रसिद्ध पाँचवटा विहारहरुमा स्यान थुँग विहार, था युआन विहार, मञ्जुश्री विहार, मञ्जुश्रीको मूर्ती विहार र लो हौ अर्थात राहु विहार रहेका छन।
मञ्जुश्री विहार मञ्जुश्री बासस्थान हो रे। त्यस्को निर्माण उत्तर वै वंशकालमा गरिएको थियो। त्यसपछिका हरेक वंशमा त्यसको पुनःनिर्माण गरिएको थियो।
मञ्जुश्री मूर्ती विहार मञ्जुश्रीको पूजा-आजा गर्ने विहार हो। त्यसको थाँग वंशकालमा निर्माण गरिएको थियो, अनि युआन वंशकालमा पुनःनिर्माण गरिएको थियो।
चीनको सुँग वंशपछि नेपाल र जापान आदि मुलुकका भिक्षुहरु पनि त्यहाँ जानुभएको थियो। बौद्ध धर्म क्षेत्रमा चीनका चारवटा प्रसिद्ध पहाडको पहिलो स्थानमा रहेको ऊ थाइ पहाडले पनि बौद्ध धर्मको संस्कृतिको विकासको अवस्थालाई दर्शाएको छ।
1 2