फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारीको अवस्थामा कपाल काट्ने पसल

(GMT+08:00) 2020-03-05 10:07:55

कोरोना भाइरस महामारीको नियन्त्रणको प्रयास सँगसँगै चीनका विभिन्न व्यवसायहरू पुनःसुरू भइरहेका छन्।

यसै बीच कपाल काट्ने पसल पनि खुलेका छन्। कपाल काट्ने क्रममा ग्राहक तथा हजाम दुवैले मास्क लगाउनुपर्छ।

पसल आउनुअगावै ग्राहकले रिजर्भ गर्नुपर्छ र एक पटक एक जनालाई मात्र सेवा दिने गरिएको छ, जसबाट सङ्क्रमणको सम्भावना कम हुन्छ।

साथै पसल भित्र पस्न शरीरको तापमान लिने र नाम दर्ता गर्नुपर्छ। साथै हरेक ग्राहकलाई सेवा दिनुअघि कपाल काट्ने सबै उपकरणलाई किटाणुशोधन गरिन्छ।

जानकारी तथा लेखहरु