|
|
|
||
केही अमेरिकी संचारमाध्यमले गरेको सर्वेक्षण अनुसार, बरले महामारी सम्बन्धि विषय पेश नगर्नुका साथै यसबारेका आफ्नो हातमा रहेका शेयर पनि बेचिसकेका छन्।
अमेरिकी संचारमाध्यम न्यूयोर्क टाइम्सले जनाए अनुसार, अमेरिकी शेयर बजार ठूलो परिमाणमा तल झर्नुअघिका केही हप्तामा बरले आफ्नो हातमा रहेका शेयर बेचेका हुन्। आक्रोशित अमेरिकी इन्टर्नेट प्रयोगकर्ता मात्र होइन अमेरिकी संचारमाध्यमले पनि बरको कार्वाहीबारे ब्याख्या गर्न आग्रह गरेका छन्। हालसम्म बर बाहेक अर्का ३ जना अमेरिकी सिनेटरहरूले खुला नभएका सूचनाको प्रयोग गरेर हातमा रहेका प्रशस्त शेयर बेचेका छन्।
यस सम्बन्धमा अमेरिकी रोलिङस्टोन पत्रिकाको वेभसाइटमा प्रश्न सोधिएको छ कि बरले आफूलाई थाहा भएको कुरा लुकाउन आवश्यक छ? ट्रम्पमाथि असन्तोष लाग्ने डर नै अमेरिकीहरूको ज्यान बचाउनुभन्दा अझ महत्वपूर्ण हो र?
एकातिर कठिन अवस्थाबाट भागेका कुलीन वर्ग रहेका छन् भने अर्कातिर वास्तविकता थाहा नभएका अमेरिकी सर्वसाधारणहरू। केही अमेरिकी राजनीतिज्ञले आफ्नो हितको लागि बजारको विश्वास गुमाउन थालिसकेका छन्।
अमेरिकामा शेयर बजार बचाउँदा कोभिड-१९ महामारीको प्रतिरोध कदम कमजोर देखिँदैछ। हालसम्म अमेरिकाका विभिन्न राज्यमा चिकित्सा सामग्री तथा जाँच सेटको अभाव विद्यमान नै छ। सामग्री अपुग समस्याको जवाफ दिँदै अमेरिकी नेताले यसरी भनेः 'ठूलो परिमाणको सामग्री किनेर ढुवानी गर्नु संघीय सरकारले गर्नुपर्ने काम होइन। जाँच सेटको समस्याको सम्बन्धमा गम्भीर बिरामीलाई प्राथमिकता दिनुको सट्टामा पदाधिकारी तथा गण्यमाण्य व्यक्तिलाई प्राथमिकता दिनु हो।'
महामारी एउटा ऐना हो। यसबाट केही राजनीतिज्ञको मास्क लगाएको अनुहार देखिन्छ भने केही मुलुकहरू कसको सेवा गर्ने भन्ने कुरालाई पनि प्रष्ट्याउँछ। ज्यानलाई प्राथमिकता दिने कि धनलाई सर्वोच्चमा राख्ने भन्ने प्रश्नसामु केही अमेरिकी राजनीतिज्ञहरूले आफ्नो कार्वाहीमार्फत जवाफ दिइसकेका छन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |