फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा देखिएको एनसीपी महामारीको प्रतिरोधको समर्थनमा इरानको द्योतकरुपी निर्माण स्वतन्त्रता टावरमा बत्ती प्रदर्शनी आयोजित

(GMT+08:00) 2020-03-23 14:35:03

चीनमा भइरहेको कोरोना भाइरस एनसीपीको प्रतिरोध कार्यको समर्थन गर्दै स्थानीय समय फेब्रअरी १८ तारिख बेलुका ८ बजेदेखि इरानको तेहरान शहर सरकारले इरानको द्योतकरुपी निर्माण स्वतन्त्रता टावरमा एक घण्टासम्म बत्ती प्रदर्शनीको आयोजना गरेको थियो।

फेब्रअरी १८ तारिख बेलुका ८ बजेदेखि "चीन होस्टे हैंसे, वु हान होस्टे हैंसे" विषयक एउटा बत्ती प्रदर्शनी इरानको तेहरान शहरको द्योतकरुपी निर्माण "स्वतन्त्रता टावर"मा आयोजित भयो। सो बत्ती प्रदर्शनी एक घण्टासम्म चलेको थियो। रात्री दृश्यको पृष्ठभूमिमा चीन र इरानका राष्ट्रिय झण्डा स्वतन्त्रता टावरको दुईतिर फैलिएको थियो। राष्ट्रिय झण्डाको मध्य भागमा चिनियाँ भाषामा "चीन होस्टे हैंसे, वु हान होस्टे हैंसे" लेखिएको थियो। एकैछिनपछि बत्ती प्रदर्शनीमा मुटुको प्रतीक रातो पान आकार देखियो र हरेक चम्किरहेका रातो मनको दायाँतिर अंग्रेजी भाषामा "वु हान" लेखिएको थियो। त्यसपछि चिनियाँ, अंग्रेजी तथा फारसी भाषामा लेखिएको "वु हान होस्टे हैंसे" लगायतका उप-शीर्षक स्वतन्त्रता टावरको माथिल्लो भागमा सर्दैगएको थियो। बत्ती प्रदर्शनीमा समय समयमा वु हानको द्योतकरुपी निर्माण ह्वाङ ह भवन समेत देखाइएको थियो।

सो बत्ती प्रदर्शनीको आयोजनाको कारणबारे चर्चा गर्दै तेहरानका उप-मेयर होसेन मोहामादीले इरान र चीन बीच प्राचिन कालदेखि मैत्रीपूर्ण आवत-जावतको इतिहास रहेको हुनाले चीनले कठिनाई तथा चुनौतीको सामना गर्ने विशेष बेलामा तेहरान शहरले आफ्नो तरिकामार्फत चीनलाई होस्टेमा हैंसे गर्नुपर्ने बताउनुभयो।

स्वतन्त्रता टावर तेहरान शहरको एउटा महत्वपूर्ण प्रतीक हो। हामीले अहिले यस टावरमार्फत चिनियाँ जनतालाई होस्टेमा हैसें गरेका छौं। जसले तेहरान तथा इरानी जनता चिनियाँ जनताको साथमा रहेको अभिव्यक्त गरेको छ। आजको बत्ती प्रदर्शनी एक घण्टासम्म चलेको छ, त्यसले विश्वका जनतालाई इरानको अडान प्रष्ट पारेको छ। चीन सरकार तथा चिनियाँ जनताको प्रयासमा चाँडै नै महामारीको नियन्त्रण गर्नसक्ने आशा हामीले राखेका छौं।

इरानका लागि चिनियाँ राजदूत छाङ ह्वा बत्ती प्रदर्शनी समारोहमा सहभागी हुनुभएको थियो। उहाँले अहिले कोरोना भाइरस महामारीको प्रतिरोधका लागि चीन निर्णायक अवधिमा रहेको भन्दै तेहरान शहर सरकारले चीनको समर्थनमा कार्यक्रम आयोजना गरेबाट आपसी सहयोग तथा सँगै मिलेर कठिनाईको सामना गर्ने दुई देश बीचको परम्परा अभिव्यक्त भएको बताउनुभयो। इरानले चीनलाई पुर्‍याएको सघाउ चीन सरकार तथा चिनियाँ जनता विर्सननसक्ने पनि उहाँले बताउनुभयो।

कोरोना भाइरस महामारीको प्रतिरोधका लागि चीन निर्णायक अवधिमा रहेको यस्तो बेलामा तेहरान शहर सरकारले तेहरानको द्योतकरुपी निर्माण स्वतन्त्रता टावरमा बत्ती प्रदर्शनीको आयोजना गरेको छ। जसले चिनियाँ जनताप्रति इरान सरकार, इरानी जनता र एक करोड भन्दा बढी तेहरानबासीको मित्रता झल्किएको छ। चीन र इरानबीच २००० वर्ष लामो इतिहास छ। दुवै मुलुक बीचको मैत्रीपूर्ण सम्बन्धमा हालका केही वर्षयता थप विकसित हुँदैआएको छ। हाल यस्तो कठिन घडीमा इरानले यस्तो तरिकामार्फत प्रकट गरेको भावना तथा चीनलाई प्रदान गरेको मास्क लगायत सामग्री सघाउबाट दुई मुलुक बीचको गहन मित्रता पूर्ण रुपमा देखिएको छ।

बत्ती प्रदर्शनीले व्यापक सर्वसाधारण तथा फोटोग्राफरलाई आकर्षित गरेको थियो। उनीहरुले बत्ती प्रदर्शनीको अवलोकन गर्नुका साथै चीनलाई होस्टेमा हैंसे गरेका छन्। इरानको राष्ट्रिय समाचार समितिका फोटोग्राफर दाभाउद गाहरदारले चीनले चाँडै महामारीलाई जित्नसक्ने आशा व्यक्त गरे।

यो बत्ती प्रदर्शनी हेर्न आज बेलुका म यहाँ आएको छु। यो बत्ती प्रदर्शनी निकै अर्थपूर्ण छ। बत्तीको किरणबाट लेखिएको "होस्टे हैंसे" लगायत नारामा वु हानका लागि इरानी जनताको शुभकामना अभिव्यक्त गरिएको छ। इरानमा भएका हामीले वु हानका जनतालाई कोरोना भाइरसलाई अवश्य नै जित्ने र इरान-चीन मित्रता अमर रहोस् भन्न खोजेका छौं।

जानकारी तथा लेखहरु