फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"घर—सिनच्याङमा विविध जातीय सर्वसाधारणको जीवन" शीर्षकको फोटो प्रदर्शनी जेनेभामा सुरू-2

(GMT+08:00) 2020-03-24 09:41:58

"घर—सिनच्याङमा विविध जातीय सर्वसाधारणको जीवन" शीर्षकको फोटो प्रदर्शनी मार्च २ तारिखदेखि जेनेभामा सुरू भएको छ। चिनियाँ मानवअधिकार अनुसन्धानका उपमहासचिव थाङ स्यानवनले फोटो प्रदर्शनीको उद्घाटन समारोहमा सम्बोधन गर्दै यसरी भन्नुभयो-

"हामीले यो फोटो प्रदर्शनी पारदर्शी झ्याल बनेर अझ बढी मान्छेलाई सिनच्याङबारे जानकारी दिएर सिनच्याङको सुन्दरता हेर्न सकिने आशा गर्छौं। हामीले यो फोटो प्रदर्शनी व्यवसाय कार्ड प्रयोग गरेर नयाँ आदानप्रदान सुरू गर्ने आशा गर्छौं। हामीले यो फोटो प्रदर्शनीलाई निमन्त्रणा पत्र बनाएर अतिथिहरूले सिनच्याङ घुम्ने आशा गर्छौं। तपाईंहरूले त्यहाँ प्राकृतिक, साँस्कृतिक, इतिहास तथा जीवनको सुन्दरताको अनुभव गर्नसक्नुहुन्छ।"

जेनेभाका लागि लाओस, पाकिस्तान, बेलारुस, क्यूबा, भेनेजुएला, निकारागुआ, म्यान्मार आदि देशका राजदूत तथा कूटनीतिज्ञ फोटो प्रदर्शनीमा उपस्थित हुनुहुन्छ। उहाँहरूले यो फोटो प्रदर्शनीले अन्तर्राष्ट्रिय जगतलाई ताजा तथा वास्तविक सिनच्याङ देखाएकोमा प्रशंसा गर्नुभएको छ।

राष्ट्र संघस्थित लाओसका प्रतिनिधि घाम इन्ह घिचडेथले यसरी मूल्याँकन गर्नुभयो-

"प्रदर्शनीले फोटो, पुस्तक र भिडियोद्वारा मान्छेलाई सिनच्याङबारे अझ बढी जानकारी दिएको छ। सिनच्याङको शान्ति तथा एकता, जनताको मेलमिलाप सहअस्तित्व सबैभन्दा महत्वपूर्ण कुरा हो। मैले सिनच्याङ गएर धेरै बसोबास क्षेत्रको भ्रमण गरेँ। विभिन्न बसोबास क्षेत्रको सम्बन्ध ज्यादै मेलमिलापयुक्त भएको मैले देखें।"

राष्ट्र संघस्थित क्यामरूनका अस्थायी एजेन्सी कोमे डामिन जर्ज आवोमोले यसरी भन्नुभयो-

"मान्छेहरूले सधैं अरूको भनाई सुनेर पनि यस्तो भन्छन्। यी फोटोहरूले मान्छेलाई अझ प्रत्यक्ष रूपमा सिनच्याङको सामाजिक अवस्थाबारे जानकारी दिनेछ। यो संज्ञानात्मक अन्तर मिलाउने राम्रो सञ्चार हो। वर्तमानको सबैभन्दा महत्वपूर्ण कुरा आदानप्रदान हो। मैले धेरैपटक चीनको भ्रमण गर्ने निमन्त्रणा पाएँ। तर व्यस्त भएका हुनाले सिनच्याङको भ्रमण गर्न पाएको छैन। यस वर्ष यो भ्रमण साकार हुने अपेक्षा छ।"

फोटो प्रदर्शनीमा फोटोको गुणस्तर उच्च हुनुका साथ सिनच्याङको वास्तविक अवस्था देखाएकोले धेरै अतिथिहरूले प्रशंसा गरेका छन्। राष्ट्र संघीय मानव अधिकार परिषदको बैठकमा भाग लिने एकजना अतिथिले प्रदर्शनीपछि सिनच्याङ घुम्ने आशा व्यक्त गर्नुभयो।

"यी फोटोहरूले मलाई सिनच्याङको भ्रमण गर्ने चासो बढाएका छन्। त्यहाँ खाद्यलगायत सबै कुराहरू मलाई मन पर्छ। मान्छेहरू पैचिङ, शाङहाइमा घुम्छन्। मैले त्यति धेरै पर्यटक नभएको क्षेत्रमा घुम्ने इच्छा राख्छु। मैले केही पुस्तक तथा अखबार पढेँ र केही बैठकमा भाग लिएँ। सिनच्याङ गएर आफैं हेर्ने र सुन्ने छ।"

यो फोटो प्रदर्शनी चाइना मिडिया ग्रुपले संयोजन गरेको थियो।

जानकारी तथा लेखहरु