फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ अर्थतन्त्रको राम्रो दिशातर्फको प्रवृतिमा परिवर्तन छैन

(GMT+08:00) 2020-03-26 09:22:51

विदेशी उद्यमहरू चीनको आर्थिक प्रणालीसँग मिल्नु नै चीन विश्वको एक भाग भइरहेको महत्वपूर्ण प्रतीक हो। ती विदेशी उद्यमहरूबाट चीनमा थप रोजगारी मौका सिर्जना गरिँदै बजार प्रतिस्पर्धामा महत्व दिइरहेको छ जसबाट चिनियाँ उद्यमहरूको सामु नयाँ अनुभव सिक्ने, प्रविधिको अध्ययन तथा विकास गर्ने, व्यवस्थापनलाई सुधार्ने बाध्यता आएको छ। बाह्य विश्वसँग चीनको आर्थिक सम्पर्क सबल पारिँदै विश्वको उत्पादन शृंखलामा चीनको स्थानलाई बलियो पारिएको छ।

महामारी चलिरहेको अवधिमा पनि विदेशी उद्यमहरू तथा चिनियाँ बजारको संयुक्त विकासमा निरन्तरता हुँदै जाने विश्वास गरिएको छ।

एप्पल इंकका सी.ई.ओ. टिम कूकले हालै वक्तव्य प्रकाशित गरेर मार्च २७ तारिखसम्म ग्रेटर चीनबाहेक क्षेत्रमा सबै एप्पल स्टोर बन्द गर्ने घोषणा गर्नुभएको छ। साथै भाइरसको प्रसार जोखिमलाई कम पार्नका लागि जुन महिनाको विकास सम्मेलन अनलाईनमार्फत् आयोजना हुनेछ। कूकका अनुसार, चीनमा महामारीको नियन्त्रण हुनुका साथै ग्रेटर चीनमा रहेका सबै पसलको पुनःसञ्चालन भइसकेको छ।

यो वक्तव्यले दुईटा सूचना दिएको छ। पहिलो, विश्वव्यापी रूपमा कोभिड-१९ महामारी फैलिएर अर्थतन्त्रमा झन् झन् स्पष्ट प्रभाव पार्दै गएको छ। दोस्रो, महामारीको नियन्त्रणका साथमा चिनियाँ अर्थतन्त्र छिटै पुनः सामान्य बन्दैछ।

एप्पल मोबाइल फोनको उत्पादन चिनियाँ कारखानामा भर परेको छ। चीनमा पसलको पुनः सञ्चालनबाट उक्त कम्पनीको आपूर्ति श्रृंखला पनि पुनःसामान्य बन्दै गएको पुष्टि गरिएको छ। अथक प्रयासमा चीनमा महामारीको रोकथाम तथा नियन्त्रणले चरणगत प्रगति हासिल गरेको छ। विश्वको कारखाना मानिएको चीनमा झन् झन् बढी मेशिनले काम गर्न थालेका छन्।

1  2  3  
जानकारी तथा लेखहरु