|
|
|
||
सन् २०२०मा मापदण्डभन्दा तल रहेका सबै गरिब गाउँहरूलाई मुक्त गर्ने उदेश्य निर्धारित योजनाअनुसार साकार गरिनेछ। चीनको गरिबी हटाउने सफल अनुभव झन् झन् बढी विकासोन्मुख देशहरूका लागि उदाहरणीय बनेका छन् र यस अनुभवबाट धेरै कुराहरू सिकेका छन्।
प्राप्त जानकारीअनुसार, चिनियाँ कृषि विज्ञान एकेडेमीले गरिब क्षेत्रमा व्यापक रूपमा सर्वेक्षण तथा अनुसन्धान गरेर विभिन्न स्थानीय अवस्थाबमोजिम आधुनिक कृषिको प्रयास गरेको छ। चिनियाँ कृषि विज्ञान एकेडेमीले स्थानीय सर्वसाधारणलाई रोप्नका लागि बोटबिरूवा तथा खाद्य बाली र पालन गर्नका लागि पशुधन दिनुका साथै औद्योगिक व्यवसाय मोडेलको स्थापना गर्न सहयोग गरेको छ। जसबाट गरिबी क्षेत्रको गरिबीलाई हटाउनुका साथै धनी बन्न सहयोग प्रदान गरेको छ।
इजिप्ट, लाओस, बंग्लादेश लगायत धेरै देशका अधिकारी र विद्वानहरूले चीनमा आएर यस्तो आधुनिक कृषि मोडेलको अध्ययन र अनुभव सङ्गालेका छन्। अनुसन्धानकर्ता ली चाउचुनले यसरी भन्नुभयो-
"हामीले विकासोन्मुख मुलुकलाई मल हाल्ने, किराको रोकथाम तथा उपचार गर्ने, बिउ छर्ने आदि कृषि प्रविधिसम्बन्धी तालिम दिएका छौं। विद्यार्थीहरूले मुख्यतः कृषिको प्राकृतिक स्रोत तथा वातावरण र खेती आदि विषयबारे ज्ञान आर्जन गरेका छन्, सिकेका छन्।"
चीनले गरिबी उन्मूलनमा हासिल गरेको उपलब्धि विश्वमा नै ज्यादै ध्यानाकर्षित भएको विषय हो। तर चीनसँग चुनौती बाँकी छ, अझै काम गर्न बाकी छ र गाह्रो पनि छ। चालू वर्ष चीनभरि गरिबी उन्मूलन गर्ने अन्तिम वर्ष हो। तर यसै वर्ष चीनमा महामारी फैलिएर समस्या थपेको छ। चीनले अझ बलियो अठोट र अझ बढी प्रयासमा गरिबी उन्मूलनलाई अगाडि बढाउनुका साथै कोभिड-१९ महामारीको प्रभावको सामना गरी गरिबी उन्मूलन युद्धमा चौतर्फी विजय हासिल गर्नेछ।
धेरै अन्तर्राष्ट्रिय मित्रहरूले चीनको यो योजनाको व्यवहारबारे विश्वास व्यक्त गरेका छन्। प्यालेष्टाइन फतह केन्द्रिय समितिका सदस्य एवम् अरबसम्बन्ध र चिनियाँ मामिला मन्त्रालयका मन्त्री अब्बस चाकीले अन्तर्वार्ता दिंदै यसरी भन्नुभयो
"चीनले महामारीलाई जित्ने निश्चित छ। साथै चीनले गरिबी पनि उन्मूलन गर्ने छ, हामी विश्वस्त छौं। हिजो चीनसँग गरिबीको अनुभव पनि थियो। तर चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चीनका अर्बौं जनता गरिबीबाट मुक्त हुनुका साथै चीनको अर्थतन्त्रको विकास भएको छ। त्यसैले यद्यपि महामारी रहिरहे तापनि चिनियाँ अर्थतन्त्रको निरन्तर विकास हुने छ र चीन अझ बलियो हुने विश्वास हामीले गरेका छौं। जसबाट विश्व पनि लाभान्वित हुनेछ।"
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |