केही वर्षअघि चिंग कांग शानमा रोगका कारण गरिब बनेका व्यक्तिहरूको संख्या नौ हजार थियो। हाल चिंग कांग शानले किसानको वान-स्टपको प्रतिपूर्ति सेवा प्रस्तुत गरेको र आफूद्वारा तिरिने अनुपात घटाएको छ। स्थानीय चि आन अस्पताल शांगहाई तुङ फाङ अस्पतालद्वारा व्यवस्थापन गरिएको छ। शांगहाई तुङ फाङ अस्पतालअन्तर्गत चि आन अस्पतालका निर्देशक लिउ चुङ मिन भन्नुहुन्छ "सबै जटिल समस्या स्थानीय अस्पतालमा समाधान गर्नसकिन्छ। समाधान नगरिएमा शांगहाई तुङ फाङ अस्तापलले समाधान गर्न मद्दत दिनसक्छ।"
हाल शांगहाई तुङ फाङ अस्तापलका विशेषज्ञहरूले हरेक महिना चि आन अस्पतालमा उपचार दिने गर्दछन्। साथै उनीहरूले स्थानीय चिकित्सकलाई तालिम दिने गर्छन्। चिकित्सा अवस्था सुध्रिएको, चिकित्सा प्रत्यभूति नीति पूर्ण भएको कुराबाट गरिबीबाट मुक्त भएका किसानहरू गरिबी पुनः फर्कन जोगिएको छ।
हाल गरिबीबाट मुक्त भएको चिंग कांग शान धनी बनाउने शक्ति अझै बलियो छ। वासिन्दाको जीवन अझै राम्रो हुने छ।
1 2 3