
अप्रिल २३ तारिख चीनको पहेंलो नदी अर्थात् ह्वाङ हमा इन्द्रधनुष देखिएको छ। उक्त मनमोहक दृश्यले सबैलाई आकर्षित गरेको छ। यो पहेंलो नदी चीनको दोस्रो ठूलो नदी हुनुका साथै विश्वको पाँचौ ठूलो नदी हो। यो नदीको कूल लम्बाई पाँच हजार चार सय चौंसठी किलोमिटर छ। यसको पानीमा बालुवाको मात्रा धेरै भएकोले पहेंलो रङ्ग देखिएको हो।
