
अप्रिल २१ तारिखसम्म चीनका हपै, वल्लो शानसी, भित्री मंगोलिया, चिलिन, हैलुङच्याङ, हनान, हुनान, हाईनान, छोङछिङ, तिब्बत, पल्लो शानसी र छिङहाईलगायत १२ प्रान्त, प्रदेश तथा स्वशासित शहरका गरिब जिल्लाले विपन्नता उन्मूलन गरेका छन्। चिनियाँ राज्य परिषदको गरिबी निवारण कार्यालयका उपप्रमुख स्या कङशङले यसरी जानकारी दिनुभयो-
"हाम्रो देशमा ८ सय ३२ गरिब जिल्ला छन्। हालसम्म कुल ७ सय ३वटा जिल्ला गरिबीबाट मुक्त भएका छन्। हाम्रो जाँच-परीक्षण तथा तेस्रो पक्षको मूल्यांकन तथा स्थलगत जाँचद्वारा गरिबी उन्मूलन भएको गुणस्तर राम्रो छ। यद्यपि गरिबीबाट मुक्त भए तापनि यो गरिबी उन्मूलनको अन्त्य होइन। महासचिव सीबाट प्रस्तुत मार्गका अनुसार, गरिबी उन्मूलनको उपलब्धिलाई दृढ पार्नुका साथै गरिबी उन्मूलन युद्धमा चौतर्फी रूपमा जित्नका लागि प्रत्याभूति दिनुपर्छ।"
<< 1 2 3 >>