फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"विश्वको सबैभन्दा सुन्दर किताब पसल"-दाइकानयामा टिसाइट छङ तु शहरमा भित्रिने

(GMT+08:00) 2020-05-18 14:08:38

लिउ श छ्वानले भन्नुभएको टीओडी परियोजना भनेको "सार्वजनिक यातायातलाई प्राथमिकता दिने विकासको ढंग"हो। जुन युरोप तथा अमेरिकामा २० वर्षभन्दा बढीको समयमा चलेको साथै जापानको शहरी विकासको परिकल्पनामा पनि त्यसको राम्रोसँग उपयोग गरिएको छ। हालका केही वर्षयता चीनमा भूमिगत रेल र इक्सप्रेस रेलको विकासको परिप्रेक्षमा टीओडी ढंगको उपयोग पनि छङ तु लगायत चीनका विभिन्न शहरहरुले सक्रियताका साथ गरेका छन्।

दाइकानयामा टिसाइट जापानको प्रसिद्ध चेन किताब पसल हुनुका साथै एसियामा प्रख्यात तथा सबैभन्दा प्रभावित किताब पसलहरुमध्येको एक पनि हो। हिजोआज छङ तु शहरले अन्तर्राष्ट्रिय उपभोग शहरको निर्माण गरिरहेको छ। टीओडी परियोजनाको भौगोलिक श्रेष्ठता तथा सुविधाजनक यातायात र दाइकानयामा टिसाइटको प्रभावसँग जोडेपछि उपभोग गर्ने नयाँ दृश्य बन्ने ठहर लिउ श छ्वानले गर्नुभयो।

दाइकानयामा टिसाइटले पनि विश्लेषण गरेको छ। किनभने दाइकानयामा टिसाइटको विद्यमानले भूमिगत रेल वारिपारीका उपभोक्तालाई आकर्षण गर्नेछ। हाम्रो छङ तु शहरको टीओडीको सो परियोजनामा सहभागी भएपछि अवश्य नै निकै रोचक हुने मेरो विश्वास छ। जुन छङ तुले अन्तर्राष्ट्रिय उपभोग शहरको निर्माणका लागि पनि उपयोगी हुनेछ।

प्राप्त जानकारी अनुसार, चीनको मुख्य भूमिमा दाइकानयामा टिसाइटको पहिलो चेन किताब पसल चालू वर्ष हाङ चौ शहरमा संचालन हुने छ साथै शाङहाईमा दाइकानयामा टिसाइटको चेन किताब पसल चालू वर्षको अन्त्यमा संचालन हुने भएको छ।


1  2  
जानकारी तथा लेखहरु