
दायुद्बारा बाढीको व्यवस्थापन सम्बन्धी कथा धेरै छन। भनाइ अनुसार, दायुले विवाह गरेपछि चौथो दिनदेखि दुलही छोडेर बाढीको व्यवस्थापन गर्न गएका थिए। तेह्र वर्षमा उनी आफ्नो घरको अगाडिबाट कतै गैरहेका बेला पनि आफ्नो परीवारका सदस्यहरुसँग भेट्नपाएनन। धेरै दुःख र कष्ट भोगेपछि दायुले अन्तमा बाढीमाथि विजय हासिल गरे। त्यसपछि मानिसहरुले आनन्दसँग जीवन विताउनथाले। यसका लागि दायुलाई धन्यवाद ज्ञापन गर्नका लागि तत्कालीन जन-समूहले उनलाई राजाको पदमा नियुक्त गर्यो। राजा सुनले दायुको योगदानको कदर गर्दै आफ्नो राजाको पद दायुलाई दिन हृदयदेखि नै सहमति जनाए।
उत्पादन शक्ति कमजोर भएको आदिमकालीन समाजमा मानिसहरु बाढीको प्रकोपसँग संघर्ष गर्नुका साथै कहानीमार्फत प्राकृतिक प्रकोपमाथि विजय हासिल गर्ने सदिच्छा व्यक्त गर्थे। ग्वेन र दायु सम्बन्धी कथामार्फत मानिसहरुको इच्छा प्रतिविम्वित गरिएको थियो। यी दुइजना बहादुर भएको कुरामा मानिसहरु विश्वास गर्दथे। ग्वेन र दायुले बाढीको प्रकोपसँग संघर्ष गरेको कथाबाट उनीहरुको बुद्धिको स्तर देखाउने प्रयास गरिएको छ। उनीहरु र बाढी प्रकोप बीचको सम्बन्धको कहानीले बाढीको व्यवस्थापन गर्ने अनुभवको निचोड निकालिएको छ। यीनीहरु दुइजनाको कथा करोडौं वर्षसम्म जन-जिब्रोमा छ।
1 2