![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
गत अप्रिल २३ तारिख चाइना मिडिया ग्रुप र थाइल्याण्डको प्रसार संस्थाले चीन र थाइल्याण्डका चिकित्सा विशेषज्ञहरुलाई निम्तो गरी "विश्व महामारी निदान गर्ने कोठा" भन्ने कार्यक्रमको आयोजना गरेको थियो। उहाँहरुले इन्टरनेट भिडियो सम्मेलनमार्फत कोरोना भाइरस प्रतिरोध सम्बन्धका अनुभवबारे वैचारिक आदान-प्रदान गर्नुभएको थियो।
भिडियो सम्मेलनको तरिकाबाट कोरोना भाइरसको प्रतिरोधबारे चीन र थाइल्याण्डको चिकित्सा क्षेत्रले गरेको यो आदान-प्रदान पहिलो हो। थाइल्याण्डका लागि चिनियाँ राजदूतावासका कार्यवाहक दूत याङ सिनले दुई मुलुकका विशेषज्ञहरुले महामारीको प्रतिरोध सम्बन्धी अनुभवको उपभोग गरी त्यसको निदान तथा उपचार गर्ने प्रस्तावबारे वैचारिक आदान-प्रदान गर्ने कुरा चीनले महामारीको प्रतिरोध सम्बन्धी अन्तर्राष्ट्रिय सहयोग गर्न तथा मानव हित लक्षित समूदाय भन्ने अवधारणालाई व्यवहारमा उतार्नका लागि एउटा ठोस कदम भएको बताउनुभएको थियो। चिनियाँ विशेषज्ञहरुले ल्याएका अनुभव तथा प्रस्तावबाट थाइल्याण्डले सिक्नसक्ने विश्वास पनि उहाँले गर्नुभयो।
थाइल्याण्ड कांग्रेसका अध्यक्ष चुआन लिपाईले पहिलो चीन-थाइल्याण्ड चिकित्सा इन्टरनेट संवाद सम्मेलनलाई बधाई व्यक्त गर्दै भन्नुभयो,
चीनमा सर्वप्रथम कोरोना भाइरस महामारी देखा पर्यो। त्यस बेलामा अनुकरणीय अनुभव थिएन। तथापि चीनले आफ्नो शक्तिमार्फत समस्याको समाधान गरी महामारीको फैलावटलाई प्रभावकारी रुपमा नियन्त्रण गरेको छ। थाइल्याण्ड लगायतका मुलुकहरुले चिनियाँ अनुभवबाट सिक्नसक्ने छन्। उन्नतिशील चिकित्सा स्तर रहेको मुलुकले पनि अनुभवी मुलुकसँग सिक्ने आवश्यकता छ। यस पटकको चीन-थाइल्याण्ड चिकित्सा विशेषज्ञहरु बीचको भिडियो सम्मेलन थाइल्याण्डका लागि उपयोगी छ। चीन र थाइल्याण्डका सञ्चार माध्यमहरुले यस भिडियो सम्मेलनको आयोजना गरी दर्शकहरुलाई महामारीको प्रतिरोध सम्बन्धी ज्ञान सिकाएको कुरा अर्थपूर्ण छ।
यसै गरी थाइल्याण्डका पूर्व प्रधानमन्त्री, थाइल्याण्ड-चीन संस्कृति परिषदका प्रमुख पिनिट जारुसोमबातले भिडियोमार्फत सम्मेलनलाई बधाई व्यक्त गर्दै महामारीको प्रतिरोधका लागि चीनले विश्वलाई पुर्याएको योगदानप्रति कृतज्ञता ज्ञापन गर्नुभयो।
कोरोना भाइरसको प्रतिरोध कार्यमा चीनका धेरै चिकित्सा विशेषज्ञहरुले आफ्ना मूल्यवान अनुभव थाइल्याण्डका चिकित्साकर्मीहरुसँग बाँड्नुभयो। दुई मुलुकका सञ्चार माध्यमहरुले प्रत्यक्ष भिडियो प्रसारणको तरिकाबाट विश्वभर प्रसारण गरेका छन्। जुन सम्पूर्ण मानव जातिका लागि एउटा परोपकारी गतिविधि हो। त्यसले विश्वलाई सँगै मिलेर महामारीको प्रतिरोध गर्न प्रोत्साहन दिनेछ। चिनियाँ जनताले एकबद्ध भएर छोटो समयमा महामारीको फैलावटलाई सफलताका साथ रोकेको कुराले विश्वलाई महामारी जित्ने विश्वास तथा साहस दिएको छ।
उक्त भिडियो सम्मेलनमा सहभागी चीनका पाँच जना विशेषज्ञ चीन-जापान मैत्री अस्पतालका चिकित्सकहरू हुन्। भर्खरै कोरोना भाइरस प्रतिरोध गर्ने युद्धबाट फर्कनुभएका उहाँहरुको अनुभव निकै पर्याप्त छ। थाइल्याण्डको चिकित्सा विशेषज्ञ टोली थाइल्याण्डका प्रधानमन्त्री प्रायुथले पठाएको चिकित्सा विशेषज्ञ टोली हो। तीमध्ये सरुवा रोग चिकित्सा, श्वासप्रश्वास चिकित्सा, बाल चिकित्सा, शल्यक्रिया चिकित्सा लगायतका क्षेत्रका ६ जना विशेषज्ञ समावेश थिए। सो भिडियो सम्मेलनमा चीन र थाइल्याण्डका चिकित्सा विशेषज्ञहरुले कोरोना भाइरसको प्रतिरोधका लागि २ घण्टासम्म वैचारिक आदान-प्रदान गरेका थिए। थाइल्याण्डका विशेषज्ञहरुले भिडियो सम्मेलनपछि चिनियाँ चिकित्साकर्मीहरुसँग आदान-प्रदान गर्न पाएकोमा खुसी व्यक्त गर्दै उनीहरुको मूल्यवान अनुभवबाट आफूले सिक्नपाएको बताएका थिए।
थाइल्याण्डका विशेषज्ञ टोलीका प्रमुख प्रासिट वाटानापाले उक्त भिडियो सम्मेलनले एउटा अन्तर्राष्ट्रिय आदान-प्रदान गर्ने चौतारोको निर्माण गरेको भन्दै चीनबाट सिकेको अनुभवबाट थाइल्याण्डका जनताको स्वास्थ्यका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभएको थियो।
केही मुलुकहरुले कोरोना भाइरस महामारीको नियन्त्रण गर्न नसक्ने स्थितिमा चीनले निस्वार्थ रुपमा सहयोग गरी आफ्नो अनुभव बाँडेको छ। विश्वमा महामारी जित्नका लागि चीनले विशाल योगदान पुर्याएको छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |