फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अल्पसंख्यकजाति# चीनका दुई अधिवेशनमा अल्पसंख्यक जातीय प्रतिनिधि-2

(GMT+08:00) 2020-06-09 14:48:24

मीमाकोची राष्ट्रिय जन काँग्रेसअन्तर्गत तिब्बत स्वायत्त प्रदेश प्रतिनिधि मण्डलको एक तिब्बती प्रतिनिधि हुनुहुन्छ। उहाँ स्टेट ग्रिड अन्तर्गत शिगाचे विद्युत आपूर्ति कम्पनीको वितरण तथा मर्मत ब्यूरोका उपप्रमुख हुनुहुन्छ।

उहाँले आफ्नो परिचय यसरी दिनुहुन्छ।

म शिगाचे विद्युत आपूर्ति कम्पनीको एकजना सामान्य कर्मचारी हुँ। मेरो मुख्य कार्य सर्वसाधारणलाई सेवा दिनु र विद्युत आपूर्ति प्रत्याभूति गर्नु हो। हाम्रो कार्यका लागि हामी दिनभरि २४ घण्टा नै तयार रहनुपर्छ। हावा, पानी र हिउँको अवस्थामा हामीले सर्वसाधारणका लागि बिजुलीको प्रत्याभूति गर्नुपर्छ। हामी सधैं ५००० मिटरभन्दा अग्लो उचाईमा विद्युत उपकरण मर्मत गर्छौं।

मीमाकोचीले विद्युतसम्बन्धी कार्य थालेको लगभग २४ वर्ष भइसक्यो। तिब्बतमा बिजुलीको सुधारबारे कुरा गर्दा मीमाकोचीलाई ज्यादै गौरव लाग्छ।

पहिले बिजुली अभाव भएको बेलामा सर्वसाधारणहरू सिंचाई गर्न आकाशको भरमा रहन्थे। वर्षा नै कुर्नुपर्थ्यो। ग्रामीण क्षेत्रमा विद्युत सञ्चालन भएपछि उनीहरूले बिजुलीद्वारा पम्पिंग गरेर सिंचाई गर्न पाएका छन्। स्थानीय सर्वसाधारणहरू यसरी गीत गाउँछन्- बिजुली आएपछि अन्नपातको उत्पादन एक गुणा बढेको छ।

राष्ट्रिय जन काँग्रेसको प्रतिनिधि नियुक्त भएपछि मीमाकोचीलाई खुशी लाग्नुका साथै अझ बढी जिम्मवारीबोध पनि भएको छ। सामान्य समयमा उहाँले धेरै क्षेत्र घुमेर सर्वसाधारणको चाहना तथा माँगहरू संकलन गर्नुहुन्छ। उहाँको विचारमा प्रतिनिधिको नियुक्ती सर्वसाधारणले आफ्नो सामान्य कार्यलाई दिएको सक्रिय मूल्याँकन हो। त्यसैले उहाँले सर्वसाधारण र सहकर्मीको विचार र सुझाव संकलन गरेर दुई अधिवेशनमा सुनाउनुपर्छ।

हाल तिब्बतको विकास झन् झन् राम्रो हुँदैआएको छ। पहिले बिजुलीको अभावको अवस्थाबाट हाल बाँकी बिजुली बाहिरी क्षेत्रमा समेत वितरण गर्नसकिन्छ। सन् २०१९ मा तिब्बतमा २ लाख ६६ हजार किलोवाटको शक्ति थपिनुका साथै उत्पादीत बिजुलीको मात्रा २३.७ प्रतिशतले वृद्धि भएको छ। जसबाट बाहिरी क्षेत्रमा पनि बिजुली वितरणको मात्रा ९० प्रतिशतले बढेको छ।

यसै वर्षको दुई अधिवेशनमा प्रतिनिधि मीमाकोचीले वर्तमान विद्युत बजारको क्षमताबमोजिम विद्युत सांसारिक सेवा आय क्षतिपूर्तिको स्थापना गरी तिब्बतबाट उत्पादित विद्युतलाई बाह्य क्षेत्रमा वितरण क्षमताको प्रवर्द्धन गर्न सुझाव दिनुभएको छ। जसबाट ऊर्जा-श्रोतको श्रेष्ठतालाई साँच्चिकै आर्थिक श्रेष्ठता बनाउनसकिने छ। 

जानकारी तथा लेखहरु