
हालदेखि सन् २०२५ सम्मको पहिलो चरणमा व्यापारिक लगानीको स्वतन्त्रता र सुविधालाई जोड दिइनेछ। प्रभावकारी व्यवस्थापन तथा निगरानीको आधारमा प्रक्रियागत रुपमा खुलापनलाई प्रवर्द्धन गर्नुपर्छ। तीन वर्षमा उल्लेखनीय प्रगति हासिल गर्दै सम्पूर्ण भन्सार बन्दका लागि असल आधार सिर्जना गर्ने छ। दोस्रो चरण सन्२०३५अघिको अवधि हो। यस अवधिमा स्वतन्त्र व्यापार बन्दरगाह सम्बद्ध नीति र नियम व्यवहारमा उतारिने छ। यस चरणको कार्यभार भनेको खुलापनको नीतिलाई पूर्णता दिलाउँदै व्यापार, लगानी, अन्तर्राष्ट्रिय मुद्रा परिचालन, व्यक्तिको आवतजावत, ढुवानी स्वतन्त्रताको सुविधालाई व्यवहारमा उतार्नुपर्छ।
चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिअन्तर्गत हाई नान प्रान्तका सचिव ल्यु छि क्वीका अनुसार हाई नान स्वतन्त्र व्यापार बन्दरगाहको निर्माणमा उच्च गुणस्तरको खुलापन नीतिलाई जोड दिनुपर्छ। विश्वव्यापी लगानीकर्तालाई हाई नानमा लगानीका लागि आकर्षित गर्न विदेशी पूँजी भित्र्याउनु, योग्य व्यक्तिको आकर्षणलाई जोड दिने छ।
1 2