फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेलअभिभको चिनियाँ संस्कृति केन्द्रद्वारा कोरोना भाइरस महामारीको प्रतिरोधका लागि चिनियाँ परम्परागत चिकित्सा विधि सम्बन्धी भिडियो पाठन आयोजित

(GMT+08:00) 2020-06-15 14:20:38

कोरोना भाइरसको प्रतिरोध गर्ने युद्धमा चिनियाँ परम्परागत चिकित्सा विधिले विशेष भूमिका निर्वाह गरेको छ। हाल तेलअभिभको चिनियाँ संस्कृति केन्द्रले इजरेलको चिनियाँ परम्परागत चिकित्सा विधि संघकी अध्यक्षलाई निम्तो गरी इजरेलीहरुलाई चिनियाँ परम्परागत चिकित्सा विधिमार्फत कोरोना भाइरस महामारीको प्रतिरोध सम्बन्धमा एउटा भिडियो पाठनको आयोजना गरी चिनियाँ अनुभव इजरेलीहरुलाई बाँडेको छ।

तेलअभिभको चिनियाँ संस्कृति केन्द्रकी प्रमुख थाउ छनका अनुसार, विश्वले संयुक्त रुपमा कोरोना भाइरसको प्रतिरोध गर्दा चिनियाँ संस्कृति केन्द्रले अनलाइनबाट "वु हानमा युद्ध भइरहेको", "कसरी सही रुपमा हात धुने"लगायत अनेकन भिडियो बनाउनुका साथै अनलाइनमा तालिम,हस्तलेखन र चित्र लगायत कार्यक्रमहरुको आयोजना गरेको छ। उदाहरणका लागि इजरेलको व्यायाम संघले अनलाइन पाठन "तपाईंको शरीरलाई ताजा बनाऔं" शीर्षकमा चीनको थाई चि बक्सिङको अभ्यास गरी स्वास्थ्य स्तरलाई माथि उकासेको छ। यस पटक चिनियाँ परम्परागत चिकित्सा विधि सम्बन्धी भिडियो शिक्षा आयोजना गर्नुको उद्देश्य महामारीको प्रतिरोध क्षेत्रमा चिनियाँ परम्परागत चिकित्सा विधिको भूमिकाबारे इजरेली सर्वसाधारणलाई बाँड्नु हो। थाउ छनले भन्नुभयो,

यस्तै कक्षा आयोजनामार्फत इजरेलीहरुले चिनियाँ परम्परागत चिकित्सा विधिबारे अरु बढी जानकारी लिएर कोरोना भाइरस महामारीको प्रतिरोध गर्नसक्ने हाम्रो आशा छ। चीनको अनुभवबाट कोरोना महामारीको उपचार गर्न चिनियाँ परम्परागत चिकित्सा विधि प्रभावकारी रहेको प्रमाणित छ। हामी विश्वव्यापीकरणको युगमा रहेका छौं। महामारी सम्पूर्ण मानवजातिको साझा शत्रु हो। महामारीको सामु विभिन्न मुलुकहरुको भाग्य पनि एक-अर्कासँग सम्बन्धित छ। चीनले महामारीको सामना गर्ने निर्णायक अवधिमा इजरेलका नेता तथा समाजका विभिन्न क्षेत्रले विविध तवरमार्फत चीनको समर्थन गरेका छन्। यसका साथै हामीले अध्ययन लगायत विविध तरिकामार्फत महामारीको प्रतिरोध क्षेत्रमा चीनको सफल अनुभव बाँडेका छौं। महामारीको सामु विभिन्न मुलुकहरुले हातमा हात मिलाएर त्यसको संयुक्त सामना गर्नु मानवको हितलक्षित समुदाय सम्बन्धी अवधारणाको बयान हो भन्ने मैले ठानेको छु।

इजरेलको चिनियाँ परम्परागत चिकित्सा विधि संघकी अध्यक्ष ओरिट मेनाचेका अनुसार, सन् २०१६मा चिनियाँ परम्परागत चिकित्सा विधि संघको स्थापनादेखि त्यसका ३५० सदस्य छन्। इजरेलीहरुले चिनियाँ परम्परागत चिकित्सा विधि स्वीकार गर्छन् र सम्पूर्ण इजरेलमा करिब ५००० जना चिनियाँ परम्परागत चिकित्साकर्मी छन्। चिनियाँ परम्परागत चिकित्सा विधिले कोरोना भाइरस महामारीको प्रतिरोधका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने उहाँको ठहर छ।

मेरो विचारमा चिनियाँ परम्परागत चिकित्सा विधि निकै महत्वपूर्ण तथा आधारभूत चिकित्सा हो। सर्वसाधारणको स्वास्थ्य सम्बन्धी समस्या, रोगको प्रतिरोध र विरामीको उपचारमा चिनियाँ परम्परागत चिकित्सा विधिले ठूलो योगदान पुर्‍याएको छ। चिनियाँ परम्परागत चिकित्सा विधि र पश्चिमा चिकित्साले सँगै मिलेर महामारीको प्रतिरोध तथा ज्यान बचाउने क्षेत्रमा ठूलो भूमिका खेलेका छन्।

इजरेलका लेखक तथा चलचित्र निर्देशक जोशुआ सोबोलले चीनको तीन पटक भ्रमण गर्नुभयो। उहाँले चिनियाँ साथीकहाँ चिनियाँ परम्परागत चिकित्सा विधिबारे जानकारी लिनुभयो। यस पाठनप्रति उहाँको चासो रहेको र धेरै कुरा सिकेको बताउनुभयो।

चीनबारे मेरो केही जानकारी थियो। तथापि चिनियाँ परम्परागत चिकित्सा विधिबारे मेरो जानकारी कम थियो। कोरोना भाइरस महामारी देखा परेपछि मैले इन्टरनेटबाट सम्बन्धित समाचार पाएँ। चिनियाँ परम्परागत चिकित्सा विधिबारेमा मेरो जानकारी कम भएको कारण मैले यस पटकको पाठन सुनें। यो पाठन एकदम रोचक छ। चिनियाँ परम्परागत चिकित्सा विधिको हजारौं वर्षको इतिहास छ। त्यसले रोगको निवारण तथा विरामीको उपचार क्षेत्रमा धेरै पुस्ताका चिकित्साकर्मीहरुको अनुभव बटुलेको छ। मैले यस पाठनबाट धेरै कुरा सिकेको छु।

जानकारी तथा लेखहरु