फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अल्पसंख्यक जाति# गरिबी निवारण, चौतर्फी सम्पन्नता र आधुनिकीकरणमा कुनै जाति छुट्नु हुँदैन

(GMT+08:00) 2020-06-16 14:59:11

राष्ट्राध्यक्ष सी चिनफिङले जुन ६ तारिखदेखि ८ सम्म निङ स्या ह्वी जातीय स्वायत्त प्रदेशको निरीक्षण गर्नुभएको थियो। उहाँले ऊ चुङ, यिनछ्वान आदि क्षेत्रको भ्रमण गरी ग्रामीण क्षेत्र तथा आवास क्षेत्रमा महामारीको रोकथाम तथा नियन्त्रणलाई सामान्य पार्ने, आर्थिक तथा सामाजिक विकास गर्ने, गरिबी उन्मूलन उपलब्धिलाई दृढ पार्ने, पर्यावरणीय सुरक्षा गर्ने, विभिन्न जातिको एकता तथा प्रगतिलाई अगाडि बढाउने आदि विषयबारे अनुसन्धान गर्नुभएको छ।

८ तारिख दिउँसो राष्ट्राध्यक्ष सीले ऊ चुङ शहरीय चिनसीङ बस्तीको ह्वायुआन आवास समुदायको भ्रमण गर्नुभयो। यो आवास समुदायमा स्थायी वासिन्दाको संख्या १३ हजार ८ सय ५० छ। त्यसमा लगभग आधा जनसंख्या ह्वी, मान, मङ र तिब्बत लगायत अल्पसंख्यक जातीय छन्। उक्त आवास समुदाय "जातीय एकता तथा प्रगतिसम्बन्धी राष्ट्रिय मोडेल समूह" मानिएको छ। त्यहाँ बस्ने वासिन्दाहरूसँग कुराकानी गर्दा राष्ट्राध्यक्ष सीले यसरी भन्नुभयो-

"जन गणतन्त्र चीन बहुजातीय समाजवादी परिवार हो। यो आवास समुदाय मुख्यतः ह्वी र हान जातीहरू रहेको बहुजातीय आवास समुदाय हो। भर्खरै आवास समुदायको धेरै राम्रो अनुभवबारे जानकारी पाएँ। विशेषगरी विभिन्न जातिबीचको सामाञ्जस्यपूर्ण सम्बन्ध। यो मैले सबैभन्दा हेर्न चाहेको कुरा हो। हामी सबै चिनियाँ एकै परिवारका सदस्य हौं। गरिबी उन्मूलन, चौतर्फी सम्वृद्धि, आधुनिकीकरणमा कुनै जाति छुट्नु हुँदैन। हामी हातेमालो गरेर सँगसँगै अगाडि जाऔं। जसले पाँच हजार वर्षको चिनियाँ सभ्यता देख्नुका साथै चिनियाँ विशेषतायुक्त समाजवादको श्रेष्ठता पनि देखाएको छ।"

राष्ट्राध्यक्ष सीले ऊ चुङ शहरीय हुङसपाउ बस्तीको हुङद गाउँको भ्रमण पनि गर्नुभयो। उक्त गाउँ पर्यावरणीय आप्रवासी गाउँ हो। यो गाउँमा १ हजार ३६ परिवारका ४ हजार ४ सय ९७ जना गरिबले दर्ता गरेका थिए। हालसम्म त्यसमा २० परिवारका ५० जना अझै गरिबीमुक्त भएका छैनन्। ह्वी जातीय गाउँले लिउ ख रूइको परिवार सन् २०१७ गरिबी उन्मूलन भयो। राष्ट्राध्यक्ष सीले लिउ ख रूइलाई जीवनमा अरू कुनै कठिनाइ छ कि, भविष्यमा कस्तो योजना बनाउने भनेर प्रश्न सोध्नुभयो। गाउँलेले मनबाट देशको नीति ज्यादै राम्रो भएको विचार गरेको लिउले जवाफ दिनुभयो।

राष्ट्राध्यक्षको विचारमा समाजवाद कामद्वारा गरिएको हो र सुख प्रयासद्वारा गरिएको हो। उहाँले वासिन्दाहरूलाई आफ्ना हातमार्फत् अझ सुन्दर नयाँ जीवनको सिर्जना गर्ने आशा गर्नुभएको छ।

"मेरो विश्वास छ, पार्टी र सरकारको अथक प्रयासमा र जनताको अथक प्रयासमा हाम्रो भविष्य झन् झन् राम्रो र सुखमय हुनेछ।"

यो चीनका दुई अधिवेशनपछि राष्ट्राध्यक्ष सी चिनफिङले चीनमा पहिलो निरीक्षण थियो।

जानकारी तथा लेखहरु