फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# यौ ल्याङ यिङद्वारा सबैलाई साझा समृद्धितर्फ लम्कन दिशानिर्देश

(GMT+08:00) 2020-06-19 09:35:08

शुरुमा केहीको विचारमा यौ ल्याङ यिङ र टोलीका दिदी-बहिनी इन्टर्नेटका सेलिब्रिटी होइनन्, उनीहरूका फ्यान छैनन्। उनीहरू सफल हुन सक्दैनन्। तर यौ ल्याङ यिङले प्रत्यक्ष प्रसारणको तरीका अन्वेषण गर्नुभयो। उहाँ भन्नुहुन्छ "हाम्रो इन्टर्नेट वाणिज्य टोलीको आफ्नो विशेषता छ। हामीले सुन्दर सिन्च्याङको सँस्कृति, जातीय एकता देखाएका छौं। हामीले सिन्च्याङको आफ्नो विशेषता बमोजिम युगुर जातिका केटी र विभिन्न जातिका केटालाई खेतीपातीमा प्रत्यक्ष प्रसारण गर्न संयोजन गरेका छौं। स्थानीय किसानले प्रत्यक्ष प्रसारण हेरेर हामीबाट सिक्नसक्छन्। स्थानीय किसानले हामीसँग बयर कसरी रोप्ने, हरियो कृषि उत्पादित-वस्तु कसरी बनाउने जस्ता कुरा हेर्नसक्छन्।"

भविष्यबारे चर्चा गर्दा यौ ल्याङ यिङले महामारीबाट गरिबी निवारणमा परेको असर घटाउनुका साथै सरकारले सार्वजनिक गरेका सहुलियत नीतिहरूको भूमिका निर्वाह गर्ने कुरा बताउनुभयो। उहाँ भन्नुहुन्छ "हामीले आगामी दिन नयाँ चौतारो र नयाँ सुअवसर छोप्ने, सर्वसाधारणलाई सहुलियतता दिने सम्बन्धमा प्रधानमन्त्रीको सरकारी कार्य प्रतिवेदनमा प्रस्तुत गरिएको नीतिलाई वास्तविकताद्वारा व्यवहारमा उतार्ने छौं। मेरो विचारमा हाम्रो जीवन अझै राम्रो बन्ने छ।"


1  2  
जानकारी तथा लेखहरु