![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
चीनमा चिनियाँ पात्रोअनुसार पाँचौं महिनाको पाँचौं दिन परम्परागत चिनियाँ चाड अर्थात् "तुआन ऊ चे" मनाउने चलन छ। यस पटकको सो चाड जुन २५ बिहिबार परेको छ। सो चाड मनाउनका लागि क्वाङ सी स्वायत्त प्रदेशको लुङशङ बहूजातीय प्रिफेक्चरका तोङ जातीय सर्वसाधारणले घाँसद्वारा ड्र्यागन बनाएका छन्। उक्त घाँसे ड्र्यागन लगभग पचास केजी तौलको छ।
घाँसे ड्र्यागन स्थानीय तोङ जातीयहरूको विशेष लोकप्रिय सीप हो। महत्वपूर्ण पर्वको अवसरमा उनीहरूले घाँसे ड्र्यागन नाचेर शुभकामना आदानप्रदान गर्ने परम्परा छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |