फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अल्पसंख्यक जाति# स छ्वान प्रान्तमा यी जातीय बासिन्दाको नयाँ जीवन

(GMT+08:00) 2020-06-30 15:55:10

हाल स छ्वान प्रान्तीय ल्याङ शान प्रिफेक्चर सी द जिल्ला आहौ गाउँमा सभ्यता अंकको मूल्यांकन लगायतका कार्यक्रमद्वारा गाउँलेहरूमा राम्रो बानी बसालेको छ।

यी जातिसँग हजारौं वर्ष लामो इतिहास छ। नयाँ चीनको स्थापनापछि यी जातिले दास समाजबाट प्रत्यक्ष रूपमा समाजवादी समाजमा प्रवेश गरेको थियो। त्यस बेला यी जातिका केही मानिससँग हातमुख धुने तथा नुहाउने राम्रो बानी थिएन। व्यक्तिगत तथा परिवारमा सरसफाइ र स्वच्छताको अवस्था नराम्रो थियो। त्यसैले केही वर्षयता गाउँमा तैनाथ सहयोग अधिकारीले गाउँका अधिकारीसँग मिलेर अनेकन् कार्यक्रमद्वारा जीवनयापन तरिका तथा शैलीमा सुधार गरेका छन्।

हरेक महिनाको अन्त्यमा ७० वर्षीय आरशोरले गाउँ समितिको पसलमा अंकद्वारा दैनिक आवश्यक सामानको विनिमय गर्नुहुन्छ।

"मैले तेल, चामल, डिटर्जेंट, बाटा तथा तौलिया पाएको थिएँ।"

गाउँको पसलमा तेल, सोया सस, सिरका, टुथपेस्ट, टूथब्रश लगायत दैनिक आवश्यकताका सामानहरू पाइन्छन्। हरेक सामानमा स्पष्ट रूपमा विनिमय मापदण्ड लेखिएको छ। सबैभन्दा सस्तो सोया ससको विनिमय गर्न ४० अंक चाहिन्छ र सबैभन्दा महंगो प्रेसर कुकरका लागि ११०० अंक चाहिन्छ। स्टेट ग्रिड अन्तर्गत सी द जिल्ला विद्युत आपूर्ति कम्पनीबाट पठाइएका कार्यरत् मण्डलको सदस्य एवम् पसलका साउजी शान चेको जानकारी अनुसार, हरेक महिना उनीहरूको व्यक्तिगत तथा परिवारको स्वच्छता र सरसफाइ लगायतका क्षेत्रमा मूल्याँकन गरेर अंक दिने गरिएको छ। गाउँलेले ती अंकद्वारा दैनिक आवश्यकताको विनिमय गर्नसक्छन्। जसबाट गाउँलेहरूले स्वच्छ बानी बनाएको गाउँले छ्युमुलिकुमुले भन्नुभयो-

"हाल हामीले हरेक दिन दुई-तीनपटक घरको सफा गर्छौं। राती बालबच्चाका हात-खुट्टा धोएपछि मात्रै सुत्छौं। केही दिनको फरकमा नुहाउँछौं। वातावरणको स्वच्छताबारे हाम्रो धारणा पनि परिवर्तन भएको छ। नयाँ घरमा सरेपछि वातावरणमा सुधार हुनुका साथै आनन्दको महसुस पनि गरेका छौं।"

स्टेट ग्रिड अन्तर्गत सी द जिल्ला विद्युत आपूर्ति कम्पनीबाट पठाइएको कार्यरत् मण्डलका प्रमुख एवम् आहौ गाउँका प्रमुख वाङ स्याउ बिङका अनुसार, तीन वर्षको प्रयासमा आहौ गाउँमा ठूलो परिवर्तन भएको छ। गाउँलेहरूले आफ्नो तथा परिवारको सरसफाइ तथा स्वच्छतामाथि ध्यान दिनुका साथै गाउँको सामूहिक कार्यक्रममा सकारात्मक रूपमा भाग लिएका छन्।

"हरेक तीन महिनामा हामीले एकपटक सभ्यतासम्बन्धी पुरस्कार समारोहको आयोजना गरी सबैभन्दा राम्रा चार परिवारलाई पूरस्कार दिने गरेका छौं। बासिन्दाहरूले पूरस्कार पाएमा खुशी र गौरव महसूस गर्छन्। अरू परिवारलाई पनि प्रोत्साहन गरेका छौं। यसबाट गाउँलेको सक्रियता बढाउनुका साथै भित्री शक्ति पनि थपेको छ।

जानकारी तथा लेखहरु