
ची लिन प्रान्तको भ्रमणमा रहनुभएका चीनका राष्ट्राध्यक्ष सी चिन फिङले जुलाई २३ तारिख छाङ छुन शहरको नयाँ क्षेत्रको परिकल्पना प्रदर्शनी हल पुगेर नयाँ क्षेत्रको निर्माणको परिकल्पनाको निरीक्षण गर्नुभएको छ।
छाङ छुन नयाँ क्षेत्र सन् २०१६ फेब्रअरीमा राज्य परिषदबाट अनुमोदन गरिएको राष्ट्रिय स्तरीय नयाँ क्षेत्र हो। यसको कूल क्षेत्रफल ४९९ वर्गकिलोमिटर छ भने यहाँको कूल जनसंख्या ६ लाख रहेको छ। छाङ छुन नयाँ क्षेत्रले यसको स्थापनादेखि गुणस्तरीय विकासलाई गतिशीलताका साथ अघि बढाउँदै आएको छ।

छाङ छुन शहरको नयाँ क्षेत्रको परिकल्पना प्रदर्शनी हल तीन तलामा विभाजित गरिएको छ। यसको कूल क्षेत्रफल करिब ५००० वर्गमिटर रहेको छ। सो प्रदर्शनी हलले बेल्ट एण्ड रोडको निर्माण, उत्तर-पूर्वी क्षेत्रको पुन:उत्थान सम्बन्धी नयाँ रणनीति र छाङ छुन नयाँ क्षेत्रको विकास सम्बन्धी समग्र परिकल्पनाबारे चौतर्फी रुपमा व्याख्या गरेको छ।