फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# चिनियाँ पूंजीबाट विदेशमा संचालित व्यवसायहरूले महामारीको प्रतिरोधमा गरेको सहयोगको प्रशंसा

(GMT+08:00) 2020-07-24 14:38:26

हाल कोरोना भाइरस महामारी विश्वमा फैलिँदैछ। विदेशमा रहेका चिनियाँ पूँजीबाट संचालित उद्योग-व्यवसायहरूले महामारीको रोकथामको पूर्वाशर्तमा उत्पादनको प्रत्याभूति गरेका, स्थानीय पक्षलाई ऊर्जा स्रोत र सामानको प्रत्याभूति गरेका छन्। साथै चिनियाँ उद्योग-व्यवसायहरूले सामाजिक दायित्वलाई व्यवहारमा उतारेका, विभिन्न मुलुकको विभिन्न पक्षसँग महामारीको प्रतिरोध गरेका छन्।

चीन-पाकिस्तान आर्थिक करिडोर परियोजनाको रुपमा रहेको पोर्ट कासिम कोइलाबाट संचालित बिजुली परियोजना हालसम्म पाकिस्तानको सबैभन्दा अत्याधुनिक, निम्न विजुली मूल्य, सबैभन्दा बढी बिजुलीको उत्पादनको बिजुली स्टेशनमध्येको एक हो। पाकिस्तानको कोरोना भाइरस महामारी फैलिएको बेलामा कासिम बिजुली स्टेशनले महामारीको रोकथामको पूर्वसर्तमा निरन्तर रुपमा उत्पादन गरेको, पाकिस्तानको आर्थिक विकास र जनताको जीवनका लागि बिजुलीको प्रत्याभूति गरेको छ। कासिम बिजुली कम्पनीको उत्पादन व्यवस्थापन विभागका प्रमुख लिउ छाउले बिजुली स्टेशनले महामारीको रोकथामको पूर्वसर्तमा सुरक्षित उत्पादनको जोखिम हटाएर बिजुलीको उत्पादन गर्न प्रत्याभूति गरेको कुरा बताउनुभयो।

चीनको थुङ युङ प्रविधि समूहको मातहत उद्योग-व्यवसाय र चीनको च्याङ व्हाई मोटर गाडी संयुक्त रुपमा संलग्न भएको कजाकिस्तानको अलुर मोटर गाडी समूहको परियोजना चिनियाँ उद्योग-व्यवसायले मध्य एशियामा कार्यान्वयन गरेको मोटर गाडी क्षेत्रको पहिलो सहयोग परियोजना हो। हाल चीनको थुङ युङ प्रविधि समूहको मातहत चुङ ची कम्पनीले कजाकिस्तानलाई महामारीको प्रतिरोध गर्न सहायता दिएको, कुल रकम दुई लाख पचास हजार अमेरिकी डलरको मास्क र सुरक्षा पोशाक उपलब्ध गराएको छ। साथै चुङ चि कम्पनीले कजाकिस्तानको एम्बुलेन्सको अर्डर पत्र पाएको छ। चुङ ची गाडी कम्पनीका महाप्रबन्धक ऊ यी भन्नुहुन्छ "आफ्नो मुलुकको महामारीको मागअनुसार, कजाकिस्तानले एम्बुलेन्स बिक्री गर्ने विचार गरेको छ। हामीले उत्पादन गर्न गति प्रदान गरी पहिलो खेपका साठीवटा एम्बुलेन्स गत अप्रिल 24 तारिख कजाकिस्तानतर्फ पठाउने प्रत्याभूति दिएका छौं। दोस्रो खेपका साठीवटा एम्बुलेन्स गत अप्रिल 28 तारिख पठाइसकिएको छ। गत मे 30 तारिख जम्मा 356 वटा एम्बुलेन्स कजाकिस्तानतर्फ पठाइएको छ।"

कोरोना भाइरस महामारीको बेलामा चीन रेल निर्माण निगम अन्तर्राष्ट्रिय समितिअन्तर्गत दक्षिण-पूर्वी एशिया क्षेत्र शाखाले थाइल्याण्डको बैंककको एक बालक कल्याण केन्द्रलाई महामारीको विरुद्ध सामग्री उपलब्ध गराएको छ। यो बालक कल्याण केन्द्रका जिम्मेवार व्यक्ति श्रीमती साशिथोन वाइतायाचिवा भन्नुहुन्छ "गत वर्षमा चीन रेल निर्माण निगम अन्तर्राष्ट्रिय समितिले पहिले हाम्रो कल्याण केन्द्रमा हित कल्याण कार्यक्रमको आयोजना गरेको, हामीलाई लुगा धुने मिसिन, फ्रिज, विद्युतीय पंखा ल्याएको छ। कल्याण केन्द्रका केही बच्चा अनाथ हुन्, केही अपांग हुन्। उनीहरू माया चाहन्छन्। महामारीको बेलामा हाम्रो मास्कको अभाव थियो। हामीले चिनियाँ कम्पनीद्वारा चन्दा दिइएको सामग्री पाएका छौं। बच्चाहरूको स्वास्थ्य र सुरक्षाको प्रत्याभूति गरिएको छ। चिनियाँ कम्पनीको मद्दतप्रति हामीलाई आभारी छौं।"

जानकारी तथा लेखहरु