फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# वाटरक्रेस परियोजनाबाट गरिब किसानहरू गरिबीबाट मुक्त

(GMT+08:00) 2020-08-14 10:19:55

फङ थाङ गाउँको वाटरक्रेसलाई याङ शान जिल्लाको व्यापार कम्पनीमा विक्री गरिन्छ। त्यसपछि हङकङमा आपूर्ति गर्ने सागको रुपमा हङकङतर्फ पठाइन्छ। हङकङको सुपरमार्केटमा ती वाटरक्रेसलाई एक किलोग्रामको बीस हङकङ डलरको मूल्यमा विक्री गरिन्छ। फङ थाङ गाउँका सचिव ली छ्विआन यौकाअनुसार, फङ थाङ गाउँ समुद्र सतहदेखि चार सयदेखि सात सय मिटरको उचाइमा छ। त्यहाँको तापक्रम दुई देखि पैंतीस डिग्री छ। वर्षमा दश महिनासम्म वाटरक्रेस रोप्नसकिन्छ। पानीको गुणस्तर राम्रो छ। स्थानीय मौसम राम्रो छ। त्यसैले स्थानीय वाटरक्रेसको गुण्स्तर उत्तम छ। व्यापारको चिन्ता लिनुपर्दैन।

ली छ्विआन यौले भन्नुभएअनुसार, दुई वर्षअघि सागसब्जी आधार क्षेत्रको निर्माण क्रममा शुरुमा प्रायजसो वासिन्दाहरूले स्वागत गरेका थिए। तापनि केहीले अस्वीकार गरेका थिए। गाउँका अधिकारीहरूले असहमत वासिन्दासँग कुराकानी गरेर बुझाएका थिए। हाल पाँच सय मूको सागसब्जी आधार क्षेत्रमा हरेक महिना १ लाख २५ हजार केजीको सागसब्जी उत्पादन हुन्छ।

कम्पनी, सहकारी, आधार क्षेत्र र किसानको ढाँचा साझा विजयी सहयोग ढाँचा हो। वाटरक्रेसमा निर्भर भई स्थानीय वासिन्दाहरूले प्रशस्त फाइदा प्राप्त गरेका छन्। फङ थाङको गरिबी निवारण कार्यलाई सहायता दिन त्यहाँ गएका प्रथम सचिव छन मिङ फङकाअनुसार, सटीक लक्ष्यसहित गरिबी निवारण कार्य सम्पन्न भएको छ। गरिबी निवारण कार्य-टोली त्यहाँबाट फिर्ता भएपछि पनि यो सागसब्जी आधार क्षेत्रले लामो समयसम्म फङ थाङ गाउँका लागि स्थिर आर्थिक प्रत्याभूति उपलब्ध गराउनसक्ने छ।


1  2  
जानकारी तथा लेखहरु