फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष र शनचन आर्थिक विशेष क्षेत्रबीचको कथा

(GMT+08:00) 2020-09-03 10:50:45

यस वर्षको अगष्ट २६ तारिख चीनको क्वाङ्ग तुङ प्रान्तको शनचन आर्थिक विशेष क्षेत्रले आफ्नो चालिसौं स्थापना दिवस मनाएको छ। चालिस वर्षमा पहिलेको सानो मत्स्य गाउँबाट विकसित भएर वर्तमान करोडभन्दा बढी जनसंख्या रहेको आधुनिक ठूलो शहर बनेको छ। जसबाट खुलापन तथा सुधारले चीनका लागि ऐतिहासिक परिवर्तन सिर्जना गरेको प्रतिबिम्बित भएको छ।

चीनको पहिलो आर्थिक विशेष क्षेत्रको रुपमा शनचनको विकासमा धेरै पुस्ता नेताहरुको प्रयास र बुद्धिमान मिलाइएको छ। यस आर्थिक विशेष क्षेत्र र चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङबीचमा एउटा रोचक कथा रहेको छ। सन् २०१२ डिसेम्बर ८ तारिख क्वाङ्ग चौ शहरको फान यु क्षेत्रमा पर्ने ल्यान ह्वा पहाडले एक महिना अगाडि मात्र चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिवमा निर्वाचित सी चिनफिङलाई स्वागत गरेको थियो। महासचिवमा निर्वाचित भएपछि आफ्नो पहिलो स्वदेशी निरीक्षण शनचनबाट शुरु भएबाट स्वदेशी तथा विदेशी नजर आकर्षित गरेको थियो। ल्यान ह्वा पहाडमा राष्ट्राध्यक्ष सीले भूतपूर्व नेता तङ स्याउ फिङको प्रतिमामा फूलमाला चढाउनुका साथै आफ्नो हातले एउटा विरुवा रोप्नुभएको थियो। यहाँबाट नजिक पर्ने शनचन स्यान हु पार्कमा एउटा रुख पनि रहेको छ भने यो सन् १९९२ तङ स्याउ फिङले दक्षिण क्षेत्रको निरीक्षणमा रोप्नुभएको रुख हो। राष्ट्राध्यक्ष सीले चीनको सुधार तथा खुलापनको सुरुवात स्थानमा इतिहासको पुनरावलोकन गर्नुका साथै यस कार्यलाई निरन्तर प्रवर्द्धन गर्ने अठोट र लक्ष्य लिनुभएको थियो। यस निरीक्षणमा राष्ट्राध्यक्ष सीले धेरै पटक"सुधार तथा खुलापन वर्तमान चीनको भाग्यका लागि एक केन्द्रीय कदम हो"भन्ने धारणा व्यक्त गर्नुभएको थियो। त्यसको ११ महिना भएपछि आयोजना भएको चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा चीनले नयाँ चरण चौतर्फी सुधार सुरु गर्ने घोषणा गरेको थियो। त्यसपछि ३०० भन्दा सुधार परियोजना लगातार रुपमा व्यवहारमा उतारिएका छन्।

सन्२०१८ अक्टोबरमा सुधार तथा खुलापनको चालिसौं वार्षिकोत्सवको उपलक्ष्यमा राष्ट्राध्यक्ष सीले शनचनको फेरि निरीक्षण गर्नुभएको थियो। विदेशी वातावरणमा झन बढी अनिश्चित कारकतत्व देखापरेको अवस्थामा चीनको सुधार तथा खुलापनले कठिन अवधिमा प्रवेश गरेको थियो। ल्यान ह्वा पहाडमुनि पर्ने सुधार तथा खुलापन प्रदर्शनी हलमा राष्ट्राध्यक्ष सीले फेरि सम्बोधन गर्दै भन्नुभयो चीनको सुधार तथा खुलापनको पाइला द्दढ र निरन्तर भैरहने छ। उहाँका अनुसार चालिस वर्षयता चीनको विकास उपलब्धि विश्वव्यापी रुपमा ध्यानाकर्षित तथा उल्लखनीय देखिन्छ। राम्रो भएकोले किन निरन्तर जाँदै छैन?हामीले कठिनाइ र चुनौतिको सामना गर्दै सुधार तथा खुलापन बाटोमा लाग्दै जाने छौँ। अझ व्यापक तथा गहन क्षेत्रको आविष्कार गर्ने चीनको खुलापन तथा सुधारले अर्को चालिस वर्षमा झन झन बढी नयाँ उल्लेखनीय उपलब्धि देखाउने विश्वास छ।

जानकारी तथा लेखहरु