फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको श जातीय गाउँको कृषि तथा पर्यटनको मिश्रण विकास बाटो

(GMT+08:00) 2020-09-04 10:50:58

च च्याङ प्रान्तीय थुङ लु जिल्लाको अ शान श जातीय बस्तीको ताइ च्या शान गाउँका श जातीय सर्वसाधारणको नाचगानले धेरै पर्यटकलाई अवलोकन तथा फोटो खिच्न आकर्षित गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको ताइ च्या शान गाउँ समितिका सचिव लै को ल्याङकाअनुसार, "बाँस नृत्य" श जातिको परम्परागत नृत्य हो। यो नृत्यले श जातिका सर्वसाधारणले बाँस रोपन, प्रयोग र कागत बनाउने क्रम देखाउँदछ।

लै को ल्याङले सिँहावलोकन गर्दै हाल ताइ च्या शान एउटा गाउँ सुन्दर बनेको तथा वासिन्दा धनी बन्नुका साथै पर्यटकहरू धेरै ओइरिने गरेको बताए। तर दश वर्षअघि यो गाउँ एउटा गरिब गाउँ भएको पनि बताए। पहिले ताइ च्या गाउँको यातायात सुविधाजनक थिएन। साथै कुनै व्यवसाय फस्टाउनसक्ने स्थिति पनि थिएन। युवा पनि रोजगारका लागि बाहिर जाने गर्दथे।

ताइ च्या शान गाउँको सामूहिक अर्थतन्त्रको विकास र वासिन्दालाई धनी बनाउनु लै को ल्याङ र गाउँका अधिकारीहरूको ठूलो काम हो। लै को ल्याङलगायतका अधिकारीहरूको नेतृत्वमा गाउँ समितिले एकीकृत रुपमा पुरानो आवासको दर्ता गरी मर्मत गरेको छ। साथै गाउँ समितिले उच्च स्तरीय होमस्टे कम्पनी पनि भित्र्याएको छ। केही वर्षपछि ताइ च्या शान गाउँमा ठूलो परिवर्तन भएको छ। वासिन्दाको जीवन पनि राम्रो बनेको छ।

जन्मथलोमा परिवर्तन देखेपछि बीस वर्षसम्म बाहिरी क्षेत्रमा काम गरेका याउ युङ शङले स्वरोजगार गर्न जन्मथलो फर्कने निर्णय गरेका थिए। गाउँको समर्थनमा उनले पुरानो आवासको मर्मतमा दश लाख चिनियाँ युआन लगाएका छन्। उनले पुरानो आवासलाई श जातीय शैलीको होमस्टे बनाएका छन्।

याउ युङ शङको होमस्टे पछाडि बाँसघारी छ। बाँसमा हावा बहने आवाज र सानो तालको पानी बग्ने आवाज सुन्नपाइन्छ। त्यहाँको दृश्य कवितामा उल्लेख गरिएको सुन्दर दृ्श्यजस्तै छ। याउ युङ शङले श जातिको संस्कृतिलाई निरन्तर रुपमा विस्तार गर्ने, विशेषतायुक्त उत्पादित-वस्तु र सेवा प्रस्तुत गर्ने निर्णय गरेका छन्। हाल याउ युङ शङको व्यापार क्रमशः फस्टाउँदैछ। एक वर्षमा उनको आम्दानी करीब सात लाख चिनियाँ युआन पुगेको छ।

गत वर्षको अन्त्यसम्म ताइ च्या शान गाउँले एक वर्षमा १ लाख १ हजार जना पर्यटक भित्र्याएको थियो। वासिन्दाको प्रति व्यक्तिको वार्षिक आम्दानी २६ हजार चिनियाँ युआन पुगेको छ। गाउँको सामूहिक अर्थतन्त्रको आम्दानी ४ लाख ४९ हजार ९ सय चिनियाँ युआन पुगेको छ।

ताइ च्या शान गाउँको विकास एक सूक्ष्म छवि हो। अ शान श जातीय बस्तीले कृषि र पर्यटनको मिश्रण विकासलाई अगाडि बढाइरहेको छ। श जातिको सांस्कृतिक रचनात्मक केन्द्र, बाँस बस्ती, श जातीय शैलीको गाउँ, स्मार्ट फार्मआदि परियोजनाहरू त्यहाँ प्रस्तुत गरिएको छ।

साथै धेरै स्थानीय वासिन्दाले श जातिको संस्कृतिलाई निरन्तरता दिइरहेका छन्। श जातिको रङ्गीबिरङ्गी पेटी स्थानीय विशेषतायुक्त "सांस्कृतिक प्रतीक" हो। श जातिको रङ्गीबिरङ्गी पेटी बुन्ने महिला चुङ सिङ स्यौले "च च्याङ प्रान्तीय महिला प्रतिभावान् हस्तकलाकार" को उपाधि जितेकी छिन्। उनले श जातिको संस्कृतिको निरन्तरता दिनुका साथै स्थानीय महिलाहरूलाई धनी बन्ने बाटो देखाएकी छिन्।

जानकारी तथा लेखहरु