|
|
|
|||||||||
|
||

चीनको उत्तर पश्चिमी भागका अधिकाँश क्षेत्रमा कम पानी पर्दछ। सधैँजसो सुक्खा रहने गर्दछ। पर्यावरणीय कमजोरी र प्राकृतिक स्रोतको कमीबाट त्यहाँको विकास सिमित पारिएको छ। कान्सु प्रान्तीय च्यौ छ्यान शहरमा भने मरूभूमिमा कृषिको विकास गर्दै समस्याको समाधान गरिएको छ।

सन् २०१८ मा च्यौ छ्यान शहर अन्तर्गत तोङ तुङ टाउन्सिपका बासिन्दा छिन छुनको परिवारले मरूभूमिमा कृषिको विकास गर्ने सरकारी रणनीति सुनेर सहकारीबाट भाँडामा जमीन लिएर ग्रीनहाउसमा खेती गर्न थालेका थिए। गत वर्ष उनीहरूले गोलभेँडा रोपेर राम्रो आम्दानी गरे र यसै वर्षमा उनीहरूले अर्को ३ वटा ग्रीनहाउस भाँडामा लिएर गोलभेँडा र काँक्रोको खेती गरेका छन्। उनका अनुसार, एउटा ग्रीनहाउसबाट खुद ३०-३५ हजार चिनियाँ युआन पाउन सकिन्छ।

पहिले यो जोडीले गाँउका अरूलाई समेत धनी बनाउने व्यक्ति बन्ने सपना देखेकै थिएनन्। हाल उनीहरूको ग्रीनहाउसमा भएको तुङ तोङ टाउन्सिप कृषि पार्कले २० वटा कम्पनी, किसान सहकारीलाई आकर्षित गराएर २५ हजार वटा ग्रीनहाउस खडा गरेको छ। साथै उनीहरूको सागसब्जी पैचिङ, शाङहाई, क्वाङचौ लगायतका ठूला शहरहरूको साग बजारमा पनि पाइन्छ।

| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||