फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्थिर पुनरुत्थान भैरहेको चीनको अर्थतन्त्रद्वारा विश्वका लागि राम्रो सूचना सिर्जना

(GMT+08:00) 2020-09-17 15:58:42

चीनको राष्ट्रिय तथ्याङ्क व्युरोले यस सेप्टेम्बर १५ तारिख सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत अगष्टमा चीनको अर्थतन्त्रले महामारी र बाढीको नकारात्मक प्रभावलाई पन्छाएर सामान्य अवस्थामा फर्कँदै गरेको देखिन्छ। जसले चीनद्वारा द्रूत गतिले घरेलु चक्रलाई मुख्य शक्तिको रुपमा लिँदै स्वदेशी तथा विदेशी दोहोरो चक्रबीच पारस्परिक प्रवर्द्धन गर्ने नयाँ विकास प्रारुपको निर्माणलाई अघि बढाएको छ। साथै यसले विश्व अर्थतन्त्रको पुनरुत्थानका लागि राम्रो सूचना पनि सिर्जना गरेको छ।

नयाँ कोरोना भाइरस महामारीबाट प्रभावित भएर कठिन अवस्थामा परेको विश्वको अर्थतन्त्रको विकासको अस्थिरता र अनिश्चितता स्पष्ट रुपमा बढ्दै गएको छ। विश्व बैंकले गत जुनमा सार्वजनिक गरेको 《ग्लोबल अर्थतन्त्र आउटलुक》का अनुसार सन् २०२० मा सारा विश्वको अर्थतन्त्र ५.२ प्रतिशतले घट्ने अनुमान छ भने दोस्रो विश्व युद्ध यता सबैभन्दा गम्भीर आर्थिक ह्रास देखापर्नेछ। यस पृष्ठभूमिमा महामारीको रोकथाम तथा नियन्त्रण र आर्थिक पुनरुत्थानमा सबैभन्दा अगाडि हिँड्दै गएको चीन नै विश्वव्यापी प्रतिक्षा बनेको छ। फिच रेटिंगले चीनको पूर्ण वार्षिक कूल गार्हस्थ्य उत्पादन मात्राको वृद्धिलाई पूर्वानुमानको १.२देखि २.७प्रतिशतसम्म उकासेको छ। अर्को नामी रेटिंग कम्पनी मूडीसले यस वर्षको चीनको आर्थिक वृद्धिलाई पूर्वानुमानको १ बाट १.९प्रतिशतसम्म बढाएको छ। चीन नै मूडीसद्वारा सन्२०२०को बढ्दो अपेक्षालाई उकासेको एउटै मात्र आर्थिक समूह हो।

"घरेलु चक्रलाई मुख्य शक्तिको रुपमा लिनु"भन्ने भावार्थको ढोका बन्द गरेर विकास गर्नु होइन भने स्वदेशी चाहनाको संचिति शक्ति निर्वाह गर्दै स्वदेशी तथा विदेशी बजारबीचको सम्पर्कलाई राम्ररी प्रवर्द्धन गर्नु भन्ने हो। गत अगष्टमा चीनको वैदेशिक व्यापार र विदेशी पूँजीको वृद्धि पूर्वानुमानभन्दा राम्रो देखिन्छ। कूल आयात निर्यात रकम गत वर्षको सोही अवधिको तुलनामा ६प्रतिशतले बढेको छ। साथै गत अगष्टमा विदेशी पूँजीको वास्तविक प्रयोग गत वर्षको सोही अवधिको तुलनामा १८.७प्रतिशतले बढेको छ। यी सबैले "स्वदेशी तथा विदेशी डबल चक्रबीच पारस्परिक प्रवर्द्धन"का लागि बलियो आधार सिर्जना गर्दछन्।

राम्रो दिशातर्फ विकसित भैरहेको चीनको अर्थतन्त्र अझ उच्च स्तरीय खुलापनको प्रवर्द्धनसित घनिष्ट सम्बन्ध रहेको छ। चीन आयात र निर्यात मेला,चीन अन्तर्राष्ट्रिय सेवा व्यापार मेला,चीन अन्तर्राष्ट्रिय निर्यात एक्स्पो गरी तीन ठूलो मञ्चको सञ्चालनले विश्व अर्थतन्त्रका लागि विश्वास र प्रवर्द्धन शक्ति सिर्जना गर्दछ। 

वास्तवमा अन्तर्राष्ट्रिय जटिल अवस्था र विश्वव्यापी फैलिँदै गएको महामारीमा चीनको अर्थतन्त्रको पुनरुत्थानका सामु ठूलो दवाव देखापरेको छ। तापनि भावी विकास प्रवृत्तिबाट हेर्दा बढ्दो चाहन,द्रुत लगानी र उपभोग्यले अर्थतन्त्रलाई बढाउने शक्ति झन झन स्पष्ट हुने छ। कठिनाइ पार गर्ने अठोट बोकेको चीनको अर्थतन्त्रले सारा विश्व अर्थतन्त्रमा स्थिर शक्ति पुर्‍याउने छ। 

जानकारी तथा लेखहरु