फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अल्पसंख्यक जाति# यातायातको विकासबाट तिब्बती सर्वसाधारणको गरिबी उन्मूलन-१

(GMT+08:00) 2020-09-22 10:55:12

चीनमा एउटा भनाई छ- समृद्धिका लागि सबैभन्दा पहिला सडकको निर्माण। जसले आर्थिक विकासका लागि यातायातको महत्वपूर्ण व्याख्या गरेको छ। "तेह्रौं पञ्चवर्षीय योजना"को अवधिमा चीनले तिब्बत लगायत क्षेत्रको यातायातमा लगानी बढाएको छ। यातायातको सुधारले तिब्बती सर्वसाधारणको गरिबी उन्मूलन तथा धनी बन्नका लागि सहयोग दिएको छ।

सन् २०१७ सेप्टेम्बरदेखि २०१९ सेप्टेम्बरसम्म चिनियाँ यातायात तथा ढुवानी मन्त्रालय अन्तर्गत समुद्री खोज र उद्धार केन्द्रमा कार्यरत् ल्यु यीताले स छ्वान प्रान्तीय आबा प्रिफेक्चर हैश्वी जिल्ला लुह्वा बस्ती रलागाउँमा प्रथम प्रमुखको कार्य गर्नुभयो। सो अवधिमा रला गाउँमा थप ६.९किलोमिटरको सडक निर्माण गर्नुका साथै पूरै गाउँको सडकलाई डामरद्वारा पुनःनिर्माण गरिएको छ। गाउँमा गाडी सञ्चालन भएको छ।

"जसबाट कार्य गर्ने मौका र छनौट बढेको छ। जिल्लामा अल्पकालीन कार्य गर्ने वा शहरमा दीर्घकालीन रोजगार गर्ने इच्छा लिएका मान्छे दुवै छन्। दोस्रो, व्यवसाय सुरू गर्ने मौका पनि बढेको छ। उन्नत कृषि उत्पादित क्षेत्रबाट रोपण तथा पशुपालनको प्रविधि, कृषि मशीनरी, वस्तु चरन्, उत्पादनको माध्यम प्रसार गर्न सुविधा छ। यी प्रविधि तथा सामानहरूले स्थानीय पहाडमा कुखुरा र मौरीपालन आदि उद्योगको विकासलाई सहयोग दिएका छन्।"

ल्यु यीताको विचारमा रला गाउँमा यातायातको आधारभूत प्रबन्धको सुधारले गाउँलेको जीवन तथा विचारमा पनि परिवर्तन ल्याएको छ।

"वैचारिक आदानप्रदान अझ बढी भएको छ। अरू क्षेत्रबाट आएका आफन्त तथा मित्रता र पर्यटकले गाउँलेसँग अझ बढी कुराकानी र आदानप्रदान गरेका छन्। जसबाट सहयोग पनि बढेको छ। गाउँलेको विचार अझ खुला बन्दैछ। विशेष गरी युवाहरूको विचारमा परिवर्तन आएको छ। बाहिरी क्षेत्र जाने र मेहनत गर्ने उनीहरूको इच्छा बढेको छ। त्यसका साथै विश्वविद्यालयमा अध्ययनरत् धेरै विद्यार्थीहरूले स्नातकपछि जन्मथलो फर्केर व्यवसाय सुरू गर्ने इच्छा लिएका छन्।"

रलागाउँ जस्तै सछ्वान प्रान्तीय कानच तिब्बत जातीय प्रिफेक्चरको सता जिल्लाको सरदर उचाई ४१२७ मिटर छ। त्यहाँ अर्थतन्त्र तथा समाजको विकास पठारभूमिको प्राकृतिक वातावरणबाट सीमित पारिएको छ। सन् २०१५ मा सता जिल्लामा उच्च मार्ग थिएन, राजमार्ग थिएन, सडक थिएन, सार्वजनिक बस र यात्री यातायात पनि थिएन। चार वर्षको गरिबी उन्मूलन कार्यक्रमद्वारा हाल सता जिल्लामा राजमार्गको लम्वाई २२६०किमो मिटर पुगेको छ। त्यसका १७ बस्तिका १३४ गाउँमा सय प्रतिशतले डामरद्वारा पुनःनिर्माण गरिएका छन् र बस सञ्चालन भएको छ। यस वर्षको फेब्रुअरीमा स छ्वान प्रान्तले सता जिल्ला गरिबी जिल्लाको सूचीबाट मुक्त भएको घोषणा गरेको छ।

जानकारी तथा लेखहरु