फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गत अगष्ट चीनको अर्थतन्त्र स्थिर पुनरुत्थान बन्दै गएको

(GMT+08:00) 2020-09-24 10:05:49

चीनको राष्ट्रिय तथ्याङ्क व्युरोले हाल सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत अगष्ट महिनामा मुख्य आर्थिक मापदण्ड निरन्तर उकासँदै विकास प्रवर्द्धन शक्ति अझ बढी बलियो बन्दै गएको छ। अर्थतन्त्रको सञ्चालन लगातार स्थिर पुनरुत्थानमा भैरहेको छ।

‌सम्बन्धी तथ्याङ्कअनुसार राष्ट्रिय मापनभन्दा माथि पुगेको व्यवसाय अर्थात् हरेक वर्षमा सबै सरकारी स्वमित्वयुक्त व्यवसाय र मुख्य व्यवसायको आम्दानी ५०लाख युआनभन्दा बढी पुगेको गर-सरकारी स्वामित्वयु्कत व्यवसायको थप्ने मात्रा गत वर्षको सोही अवधिको तुलनामा ५.६प्रतिशतले बढेको छ र गत जुलाईको भन्दा ०.८प्रतिशतले बढेको छ। यस वर्षको अघिल्ला आठ महिनामा राष्ट्रिय मापनभन्दा माथि पुगेको व्यवसायको थप्ने मात्रा गत वर्षको सोही अवधिको तुलनामा ०.४प्रतिशतले बढेको छ भने जसबाट बृद्धि दर नकारात्मकबाट सकारात्मकसम्म परिवर्तन भएको छ।

गत अगष्ट महिनामा अर्थतन्त्रको सञ्चालनबाट धेरै सकारात्मक परिवर्तन देखापरेको छ। राष्ट्रिय नागरिक अर्थतन्त्रले महामारी र बाढीको नकरात्मक प्रभावलाई पार गरी पुनरुत्थान प्रवृत्तिलाई कायम राखेको देखिन्छ। मालसामानको निर्यात बृद्धि दर यस वर्षमा पहिलो पटक सकारात्मकसम्म फर्केको छ। सामाजिक उपभोक्ता वस्तुहरूको कुल खुद्रा बिक्रीको बृद्धि दर पनि चालू वर्षमै पहिलो पटक सकारात्मक बनेको छ।

चीनको बजारको मुख्य प्रवर्द्धन शक्ति बलियो बन्दै गएको छ। व्यवसायको फाइदा सुधारिँदै गएको अवस्थामा व्यवसायको बजारमूलक पूर्वानुमान पनि सुधार पारिएको छ। खेलौना व्यवसायमा बीस वर्षभन्दा बढी समयसम्म कार्यरत् छाइ वी तुङ क्वाङ्ग तुङ वी लि स्माट बैज्ञानिक प्रविधि लिमिडेट कम्पनीका महाप्रबन्धक हुन्। उनका अनुसार हाल उसको कम्पनीले पाएको विदेशी अर्डर स्पष्ट रुपमा बढेको छ।

राष्ट्रिय तथ्याङ्क व्युरोका प्रेस प्रवक्ता फु लिङ ह्वीले जानकारी दिएअनुसार वर्तमान चीनको अर्थतन्त्र सञ्चालनमा देखापरेको यी परिवर्तन मुख्य गरी एक पुनर्स्थापना वृद्धि हो। अर्थतन्त्र सञ्चालनका सामु धेरै चुनौति देखापरेको छ। अन्तर्राष्ट्रिय द्दष्टिकोणबाट हेर्दा विश्व अर्थतन्त्रको पुनरुत्थान अपेक्षाकृति कठिन देखिन्छ। विशेष गरी महामारी प्रभावकारी नियन्त्रणमा राखेको छैन भन्ने पृष्ठभूमिमा अर्थतन्त्रका सामु धेरै अचिश्चितता र अस्थिरता देखापरेको छ। यस अवस्थामा चीनले छ स्थिरता र छ प्रत्याभूति भन्ने नीतिलाई व्यवहारमा उतार्दै अर्थतन्त्रको स्थिर पुनरुत्थानलाई प्रवर्द्धन गर्नुपर्छ।

जानकारी तथा लेखहरु