फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल#पैचिङको मी युन क्षेत्रमा मौरीपालनको विकास

(GMT+08:00) 2020-09-25 11:34:58

 

सन् २०२० चीनले सम्पन्नताको लक्ष्य साकार तुल्याउने र गरिबीबाट मुक्त हुने वर्ष हो। चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा विभिन्न पक्षले संयुक्त रुपमा प्रयास गर्दैआएको छ। चीनका धेरै क्षेत्रहरूमा ठूला परिवर्तन भएका छन्।

प्राकृतिक वातावरणको श्रेष्ठतामा भर परी पैचिङको मी युन क्षेत्रले हालैका वर्षहरूयता मौरी पालन व्यवसायको जोडतोडका साथ विकास गरिरहेको छ। गत वर्षमा मौरी उत्पादित-वस्तुको कुल उत्पादित रकम १२ करोड चिनियाँ युआन पुगेको थियो।

मौरीपालक किसान थ्ये शु कको दश वर्षको उमेरदेखि मौरीसँग सम्पर्क रहँदैआएको छ। पछि उनले मौरीपालनका कारण त्यही व्यवसायमा संलग्न मानिसलाई नै आफ्नो जीवनसाथीको रूपमा पाइन्। उनका श्रीमान मी युन क्षेत्रको लुङ थान गाउँका वासिन्दा हुन्। उनले श्रीमानसँग निरन्तर रुपमा मौरीपालन गर्दैआएका छन्। थ्येन शु क भन्छिन् "हाम्रो जीवन मौरीपालनमा निर्भर छ। मेरो परिवारमा तीन जना छन्। हामीले मौरीपालनमा निर्भर रहेर जीवन बिताइरहेका छौं। खराब कारोबार भएको वर्षमा हामीले २ लाख चिनियाँ युआन कमाउनसक्छौं। हामीले पाल्ने मौरीको संख्या धेरै छ। हाम्रो मह प्राकृतिक रुपमा परिपक्व बनेको हो। त्यसैले हाम्रो महको मूल्य केही बढी छ। हामीले सामन्य महभन्दा धेरै पैसा कमाएका छौं।"

हाल पैचिङको मी युन क्षेत्रमा मौरी पाल्ने किसानको संख्या २०७२ जना छन्। मौरी समूहको संख्या १ लाख १५ हजार छ। मी युन क्षेत्र चीनको महको उत्पादनको नमूना क्षेत्र हो र प्रसिद्ध "चीनको मौरी गाउँ" पनि हो। हालैका वर्षहरूयता स्थानीय किसानको आम्दानी स्पष्ट रुपमा वृद्धि भएको छ। गत वर्ष मौरी उत्पादित-वस्तुको कुल उत्पादित मात्रा करीब १२ करोड चिनियाँ युआन पुगेको थियो। मी युन जलाशय प्रथम स्तरीय आरक्षण क्षेत्रको जग्गा फिर्ता भएपछि र पशुपालन निषेध गरिएपछि स्थानीय किसानको रोजगार र आम्दानीमा समस्या खडा भएको थियो र मौरीपालनबाट त्यसको समाधान गरिएको छ। मी युन क्षेत्रको वनस्पति रोपन तथा हरियाली व्यूरोअन्तर्गत मौरी व्यवसायको व्यवस्थापन विभागका प्रमुख लो छि व्हा भन्छिन् "३६२ जना निम्न आम्दानी भएका किसान मौरीपालनमार्फत निम्न आम्दानी वासिन्दाको नामावलीबाट मुक्त भएका छन्। जलाशय प्रथम स्तरीय आरक्षण क्षेत्रमा पशुपालन गर्न नपाएका र जग्गा फिर्ता गर्नुपरेका २६८ जना किसानले पहिले सुँगुर, भेडा र गाई पालने गरेका थिए। पछि उनीहरूले मौरी पाल्न थालेका छन्।"

कृषि उत्पादनको क्रममा पराग कणले पर्यावरणीय निर्माणसँगै कृषि उत्पादनमा स्पष्ट वृद्धिको भूमिका निर्वाह गर्छ। तथ्यांकअनुसार, मौरीबाट पराग कणको प्रसारले वनस्पतिको नवीकरण बढाएको छ। मी युन क्षेत्रको जनावर र वनस्पतिको प्रजाति पनि बढेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको मी युन क्षेत्रको थाइ श थुन बस्तीका सचिव हु युङ भन्छन् "हामीले मौरीलाई स्वच्छ पानी र हरियो पहाडको रूपान्तरण बिन्दुको रुपमा बनाउने हो भने हामीले हाम्रो स्वच्छ पानी र हरियो पहाडलाई सुन र चाँदीको पहाड बनाउनसक्ने छौं।"

जानकारी तथा लेखहरु