फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेशी पर्यटक ठूलो मात्रामा घटेपछि इटालीको पर्यटन उद्योग जोखिममा

(GMT+08:00) 2020-09-28 10:36:44

ग्रीष्म ऋतु इटालीको पर्यटन गर्ने सुनौलो अवधि हो। हरेक वर्षको ग्रीष्म ऋतुमा इटालीका ठूलो शहर, सानो गाउँ, पहाड र समुद्री क्षेत्रमा विश्वका विभिन्न देशका पर्यटकहरुको लर्को लाग्ने गर्छ। तथापि चालू वर्षको स्थिति फरक छ। नयाँ कोरोना भाइरस महामारीको प्रभावमा विदेशी पर्यटक ठूलो मात्रामा घटेपछि इटालीको पर्यटन उद्योगसामू गम्भिर अवस्था सिर्जना भएको छ।

नाभोना चोक इटालीको रोम शहरको एउटा चर्चित दृश्यावलोकन स्थल हो। नाभोना चोकको केन्द्रमा रहेको झरना विभिन्न मुलुकका पर्यटकहरुले फोटो खिच्ने प्रतीक हो। पहिले सदा भिड रहने सो चोक चालू वर्षको अगष्ट महिनामा निकै शान्त थियो। लाजिओ क्षेत्रको पर्यटन संघका जिम्मेवार व्यक्ति दानिल बरोचिले यसप्रति चिन्ता व्यक्त गर्नुभयो,

सामान्यतया यस अवधिमा झरना वरिपरि भिड रहन्थ्यो। तर अहिले पूरै खाली छ। ८० देखि १०० वटा मात्रै होटेल संचालनमा छ। अरु होटेलहरु बन्द भएका छन्। होटेलहरुले भाडा तिर्नुपर्छ। तिर्ननसक्ने हो भने जग्गा मालिकले होटेल फिर्ता लिने छन्। होटेल संचालन बन्द भएपछि पथ-प्रदर्शकहरु बेरोजगार हुने छन्, रेस्टुराँ र ट्राभल एजेन्सीमा गम्भिर क्षति पुग्नेछ। अहिले रोमको पर्यटन उद्योग ह्रास अवस्थामा रहेको छ।

1  2  
जानकारी तथा लेखहरु