फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शान्सी प्रान्तको स्युआन् खुङ बिहार-1

(GMT+08:00) 2020-10-29 11:04:07

     सामान्यतः मठ बिहारहरु समतल जमिनमा निर्माण गरिन्छ। तर चीनको उत्तरी क्षेत्रको शान्सी अर्थात वल्लो शान्सी प्रान्तमा निर्मित एउटा बिहार पहरामा छ। यो नै हो, प्रसिद्ध स्युएन् खुङ स बिहार। यो बिहार शान्सी प्रान्तको उत्तरी भागको ता थुङ शहर नजीकै पर्छ। सन् 1400 अघि त्यसको निर्माण कार्य पूरा भएको थियो। चीनमा अहिलेसम्म बाँकी रहेको वौद्ध धर्म, ताउ धर्म, कन्फ्युसियस सिद्धान्त गरी तीनै धर्म राम्रोसँग मिलेको विशेषतायुक्त यो एक मात्र बिहार हो। स्युआन् खुङ स बिहारको पूरानो नाम थियोः स्युआन् खुङ क। [ स्युआन् ] को अर्थ चीनको परम्परागत ताउ धर्मको सिद्धान्तबाट उत्पन्न भएको हो भने [ खुङ ] वौद्ध धर्मको सिद्धान्तबाट उत्पन्न भएको हो। यो पूरै बिहार भीरमा भएका कारण पछि गएर यो बिहारको नाम परिवर्तन भएर [ स्युआन् खुङ स ]भएको हो। हान जातिको भाषामा दुई वटा [स्युआन्]को उच्चारण बराबर रहेको छ ।

  चीनका निर्माण-संरचनाहरुमध्ये स्युआन् खुङ स बिहार एक अलौकिक निर्माण वस्तु हो। यो बिहार अग्लो पहाडको एक सानो भञ्ज्याङमा अवस्थित छ। पहाडको दुबैपट्टि एक सय मिटर अग्लो सिधा भीर छ र त्यो बिहार भीरको एकापट्टि टाँसिएर झुण्डिइरहेको जस्तै देखिन्छ। बिहार र भूईं बीचको दूरी पचास मिटर छ। टाढाबाट हेर्दा दश-बाह्रवटा मसिना र लामा काठका खम्बाले तला-तला परेको त्यस देवालय र पूजा-कोठाहरुलाई अड्याइएको देखिन्छ। बिहारको माथितिरबाट एउटा ठूलो चट्टान बाहिर निस्केर तलतिर झुकिरहेको देखिन्छ। त्यो दृश्य देखेर दर्शकहरुका मनमा डरको लहर उठ्नु स्वाभाविकै हो। स्युआन् खुङ बिहारमा ठूला-साना गरी चालिसवटा देवालय, पूजा-कोठा र मण्डपहरु छन। तीनलाई काठका फल्याकहरुबाट बनाइएको बाटोले जोडिएको छ। यात्रुहरु त्यस बाटोमा हिं‍ड्दा बिस्तारै सावधानीपूर्वक हिंड्ने गर्दछन। फूर्तिले हिंडेमा त्यो बिहार ढल्कने डर यात्रुहरुलाई लाग्छ। तथापि पाइला सार्दा काठका फल्याकबाट घारघुर आवाज आए तापनि भीरमा भएको त्यो बिहार हलचल नगरी ठिंग उभिएको छ।

त्यस बिहारको निर्माण [अलौकिक] तरिकाले गरिएको छ। भीरमा झुण्ड्याइएको जस्तो त्यस बिहारको माथिपट्टि पहाडको शिखरको बाहिर निस्केको भागले एक छाताले जस्तै त्यस प्राचीन बिहारलाई वर्षाको पानीबाट जोगाइराखेको छ। पहाडको फेदीमा बाढि आए पनि त्यस प्राचीन बिहारलाई डुबाउन सक्दैन। बिहारको वरिपरिका पहाडले टन्टलापुर घामलाई छेक्ने भूमिका निर्वाह गरेका छन। जन-श्रुति अनुसार, ग्रीष्म ऋतुमा हरेक दिन तीन घण्टासम्म मात्र सूर्यको किरण बिहारमा पर्दछ। त्यसै कारण त्यो बिहारको निर्माण काठद्बारा गरिए तापनि सहस्र वर्षको हुरी-बतातासले पनि त्यसलाई केही क्षति पुर्‍याउन सकेको छैन।

जानकारी तथा लेखहरु