फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको फाल्हा बङ्गलाबारे जानकारी

(GMT+08:00) 2014-02-25 15:44:03

      

 तिब्बतको फाल्हा बङ्गला

     तिब्बतको फाल्हा बङ्गला तिब्बतको पूर्व नोबल फाल्हा परिवारको मुख्य बङ्गला हो। ग्याङज जिल्लाबाट चार किलोमिटर दक्षिण-पश्चिममा पर्ने यस बङ्गला प्राचीन तिब्बतका तीनजना मुख्य नोबलको बङ्गलाहरुमध्ये एउटै मात्र संरक्षित बङ्गला हो।

        57 वटा कोठा रहेको फाल्हा बङ्गलाको कूल क्षेत्रफल 5357.5 वर्गमिटर छ। यस तीन तल्ले घरका प्रबन्धहरु सुरक्षित रुपमा राखिएको छ। सूत्र हलमा सूत्रहरु तथा बुद्धको मूर्ति राखिने आसन पनि राम्रोसँग संरक्षण गरिएको छ। साथै फाल्हा बङ्गलामा रक्सी बनाउने घर, अन्नबाली पिंध्ने घर, दास-दासीको भान्छा घर पनि छ।

       सन् 1996मा फाल्हा बङ्गलालाई तिब्बतको महत्वपूर्ण पुरातात्विक वस्तु संरक्षण एकाइ सूचीमा राख्नुका साथै सन् 2013मा राष्ट्रिय महत्वपूर्ण पुरातात्विक वस्तु संरक्षण एकाइ स्वरुपमा पनि सूचीकृत गरिएको छ। हालको बङ्गलाको कोठा तथा सामग्रीहरु पहिले जस्तै अर्थात् संरक्षण गरिराखेको छ।

1 2 3 4 5
जानकारी तथा लेखहरु
सुझाउ