फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा महिलाहरु रोजगारमा व्यस्त

(GMT+08:00) 2014-02-27 09:23:59

                     खेतीपातीको काम सकिएपछिको फुर्सदिलो समयमा महिलाहरुले काम गर्दै       

         हरेक वर्ष तिब्बतमा खेतीपातीको काम सकिएपछिको फुर्सदिलो समयमा महिलाहरुले घरमा परम्परागत तिब्बती ऊनी गलैंचा बुन्ने गर्दछिन्। उच्च गुणस्तरयुक्त ती ऊनका परम्परागत तिब्बती वस्तुहरु सुन्दर तथा रासायनिक तत्व प्रयोग नगरिएकोले ग्राहकहरुमाझ निकै लोकप्रिय छ। 

         तिब्बतको ल्होका क्षेत्रको छ्युसोङ जिल्लाको स्याच्याङ गाँउबस्तिमा यसै फुर्सदिलो समयमा स्थानीय महिलाहरुको लागि अस्थायी वस्त्र कारखाना स्थापना गरेको छ। सम्पूर्ण गाँउमा दुई सय जना सक्षम महिलाहरुले परम्परागत तिब्बती गलैंचा, स्काफ, रुमाल, खास्टो, शल बुन्ने गर्दछन्। यसबाट फुर्सदिलो समयमा पनि महिलाहरुले रोजगारी पाएका छन् र साथै स्थानीय बासिन्दाहरुको आम्दानी पनि बढेको छ।

1 2 3 4 5 6 7
जानकारी तथा लेखहरु
सुझाउ