फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको ल्होकामा स्थानीय बासिन्दाहरुको जीवन

(GMT+08:00) 2014-02-27 13:07:28

तची गाँउबस्तिका बासिन्दा तावाचोमाको नयाँ घर

           तिब्बती भाषामा तचीको अर्थ सुख हो। भर्खरै नयाँ घरमा सरेका तिब्बतको ल्होका क्षेत्रको तची गाँउबस्तीका बासिन्दाहरुको लागि सुखसयलको जीवन आएको छ।

           सन् 2011मा ल्होका क्षेत्रमा आएको बाढीबाट बासिन्दाहरुका घरहरु ध्वस्त भएको थियो। त्यसपछि तिब्बत सरकारले सम्पूर्ण गाँउबस्तीको पुनःनिर्माण गर्ने निर्णय लिएको थियो र चार करोड तीस हजार चिनियाँ युआन बराबरको लगानी गरेर नयाँ गाँउबस्तीको निर्माणकार्य सन् 2013 को मैमा शुरु गरिएको थियो। सो निर्माण यसै वर्षको अप्रिलअघि सम्पन्न गर्ने योजना रहेको छ। हालसम्म पचास प्रतिशत बासिन्दाहरु नयाँ घरमा सरिसकेका छन्। नयाँ गाउँबस्तीमा स्थानीय बासिन्दाहरुका घरका साथै गाँउबस्ती व्यवस्थापन समिति भवन, शिशु विद्यालय, चिकित्सा घर, ढल-व्यवस्था, सडक, ग्याँसको आपूर्ति, गौशाला आदि प्रबन्धको निर्माण गरिएको छ। यस गाउँबस्ती पुनःनिर्माण योजनाका जिम्मेवार व्यक्ति दावाछिरिङ्गले जानकारी दिए अनुसार, तची गाँउबस्ति पुनःनिर्माण योजनाबाट छयसट्ठी वटा परिवारका दुई सय अठसट्ठी जनाको बसाई समस्याको समाधान गरिएको छ।

           एक महिनासम्म नयाँ घरमा सारेको तावाचोमा परिवार पहिले छ जना परिवार सदस्यले पचास/साट्ठी वर्गमिटरको सानो कोठामा बस्थे तर हाल दुई तल्ले फराकिलो तथा घाम लाग्ने भवनमा बस्दछन्। परिवारका हरेक सदस्यका लागि आ-आफ्नो कोठा तथा पूजाआजा गर्ने विशेष कोठा पनि रहेको छ। तिब्बती नयाँ वर्षको आगमनको बेला, तावाचोमाको परिवारले भेडाको मासुको परिकारका साथै जौको रक्सी पनि बनाएको छ। साथै हजारौं युआनको खर्च गरेर मिठा खाना पनि किनेको छ। नयाँ वर्षमा सबै नातेदार तथा साथीलाई नयाँ घरमा बोलाएर रमाइलो गर्ने तावाचोमाको योजना रहेको छ।

1 2 3 4
जानकारी तथा लेखहरु
सुझाउ