फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बत स्वायत्त प्रदेशमा नयाँ वर्ष धुमधामसँग मनाइँदै

(GMT+08:00) 2014-03-02 18:20:25

      तिब्बती नयाँ वर्ष तिब्बत जातिको लागि सबभन्दा महत्वपूर्ण चाड हो। आज दुई तारिख तिब्बती परम्परागत घोडा वर्षको पहिलो दिन हो। विहान आठ बजे चारैतिरबाट आएका धर्मावलम्बिले जोखाङ गुम्बा र पोताला दरबार पुगेर नयाँ वर्षको पहिलो पूजा-आजा गरेका छन्। त्यसबाट परिवारको सुस्वास्थ्य र सुखमयको आशीर्वाद पाइन्छ भन्ने विश्वास रहेको छ।

       सडकमा भेट्दा जातीय पोशाक लगाएका मानिसले आपसमा टासिदेले भन्दै नयाँ वर्षको शुभकामना आदानप्रदान गर्छन्। साथै सरकारी एकाइ, सपल, स्कूल आदिका ढोका अगाडि चिनियाँ शुभ सङ्केतको गाँठो र रातो बत्ती जस्ता शुभ चिन्ह राखेर नयाँ वर्षको वातावरण थपिएको छ।

        विहान दश बजे पोताला दरबारपछाडिको पार्कमा सांस्कृतिक कार्यक्रम आयोजना भएको छ। साथै तिब्बती संग्रहालयमा पनि नयाँ वर्षको परम्परासम्बन्धी पनि सांस्कृतिक कार्यक्रम आयोजना भएको छ। त्यसबाट पर्यटकले परम्परागत तिब्बती नयाँ वर्षको अनुभव लिन सक्छन्।

जानकारी तथा लेखहरु
सुझाउ