फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको कृषि तथा पशुपालन क्षेत्रका एक लाख सत्ताईस हजार जनताको विद्युत समस्याको समाधान गरिने

(GMT+08:00) 2014-04-20 18:33:29

        तिब्बत स्वायत्त प्रदेशको जल ऊर्जा व्यूरोबाट थाहा पाइएअनुसार गत वर्ष तिब्बतले जम्मा चार अर्ब साठी करोड चिनियाँ युआन लगानी गरेर लगभग अठतीस हजार चार सय जनताको विद्युत् समस्याको समाधान गरेको थियो। साथै यसै वर्षमा कृषि तथा पशुपालन क्षेत्रका एक लाख सत्ताईस हजार जनताको विद्युत समस्या पनि समाधान गरिने भएको छ।

           थाहा भएअनुसार तिब्बत जल स्रोतले अत्याधिक धनी भएकाले जल तथा पर्यावरणीय सन्दर्भमा यो क्षेत्र चीन र दक्षिण एशियाको एक महत्वपूर्ण स्रोत उद्गम पनि हो। तिब्बतको विद्युतरहित क्षेत्रमा जल-विद्युत प्रबन्धको निर्माणलाई तीब्र गतिले विकास गर्नका लागि चीन सरकारले पाँच अर्ब चिनियाँ युआन बजेट बिनियोजन गरेको छ। साथै तिब्बतको कृषि तथा पशुपालन क्षेत्रमा ग्याँस तथा विद्युतीकरण भन्ने जिल्लाको निर्माण कार्यक्रममा केन्द्रीय सरकारले ठूलो शक्तिका साथ समर्थन गरेको देखिन्छ।

जानकारी तथा लेखहरु
सुझाउ