फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती छाङतुको पुनःनिर्माण कार्य सम्पूर्ण रुपमा सुचारु

(GMT+08:00) 2014-05-24 19:34:31

       गत वर्षको अगष्ट बाह्र तारिख तिब्बतको छाङतु क्षेत्रमा 6.1 रेकर्ड स्केलको भूकम्प गएको थयो। तिब्बती छाङतु क्षेत्रको पुनःनिर्माण निर्देशन कार्यटोलीको कार्यालयबाट प्राप्त समाचारअनुसार, भूकम्प गएपछि छाङतुङ क्षेत्रको पुनःनिर्माण कार्य सम्पूर्ण रुपमा सुरु भएको छ।

       घर सुधार्ने तथा अस्थायी बसोबास क्षेत्रको निर्माण गर्ने यसै पुनःनिर्माण कार्यको मुख्य विषय रहेको छ। साथै बाटोलगायत आवश्यक प्रबन्धको पुनःनिर्माण कार्य पनि सुरु भइसकेको छ। पर्यटन उद्योग, विशेष पशुपालन उद्योगको प्रवर्द्धन गरी सन् 2020 सम्ममा देशका अरु क्षेत्रसँगै सम्पन्न समाजको विकास गरिने बताइएको छ।

       पुनःनिर्माणको समष्टिगत योजना अनुसार, सर्वसाधारण घरको पुनःनिर्माण कार्य यसै वर्षभित्र समाप्त हुनेछ र सन् 2015 सम्म पूरै पुनःनिर्माण कार्य समाप्त हुनेछ।

जानकारी तथा लेखहरु
सुझाउ