फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल-तिब्बत बीच सबभन्दा ठूलो व्यापारिक नाका पुनः खुला हुने

(GMT+08:00) 2014-07-17 18:51:17

       तिब्बतको इतिहासमा नेपालसँग जोडिने सबभन्दा ठूलो नाका केरुङ नाका पुनः खुला हुने तयारीमा रहेको छ। यो नाका आउने अक्टोबरमा औपचारिक रुपमा संचालनमा आउने योजनामा रहेको छ।

        केरुङ भन्सारले बताए अनुसार, उक्त नाका पुनः खुला भएपछि सिमामा हुने सानो रकमको व्यापार, सिमानामा बस्ने मानिसहरु बीचको किनमेल, पर्यटकहरुको आदानप्रदान लगायतका विविध क्षेत्रमा परिवर्तन आउने छ र चीनको उद्धार सामग्री, इलेक्टोनिक उत्पादित वस्तुको निर्यात परिमाण बढ्ने विश्वास व्यक्त गरिएको छ।

        चालू वर्षको पूर्वार्धमा केरुङ नाकाका दुईपट्टीका नागरिकहरु बीचको व्यापार द्रुत गतिले बढ्दै आएको छ। आपसी व्यापारमा संलग्न कूल रकम 2 करोड 61 लाख 50 हजार चिनियाँ युआन बराबर रहेको छ र यो रकम गत वर्षकोभन्दा दुई गुणाभन्दा बढी रहेको छ। तिब्बतबाट निर्यात भएका वस्तुहरुमा मुख्यतया लुगाकपडा, पिठो, दैनिक जीवनमा प्रयोग गरिने वस्तुहरु तथा काँस्य उत्पादित वस्तु रहेका छन्।

         नेपाली भन्सारमा कार्यरत कर्मचारीले बताए अनुसार, केरुङ नाका खोलेपछि नेपाली सिमा क्षेत्रमा बस्नेहरुले चीन पक्षसँगको व्यापारमार्फत आफ्नो जीवनलाई सुधार गर्ने अपेक्षा गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ