फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती विकासको महत्वपूर्ण रणनीतिमा तिब्बती चिकित्सा

(GMT+08:00) 2014-11-04 19:14:57

        तिब्बती सरकारका अनुसार, हाल तिब्बती चिकित्सा तथा औषधिलाई आर्थिक तथा सामाजिक विकासको महत्वपूर्ण रणनीतिमा राखिएको छ। यसलाई विभिन्न स्तरीय शहर तथा जिल्लामा पुग्ने तिब्बती चिकित्सा तथा औषधि सेवा प्रणालीको निर्माण गर्ने, अध्ययन, उत्पादन, बिक्री हुने तिब्बती औषधि उद्योग स्थापना गर्ने र सर्वसाधारण तथा बजारको माग अनुकूल रहेको तिब्बती चिकित्सा दक्षता टोलीको विकास गर्ने तीनवटा लक्ष्य पनि निर्धारण गरिएको छ।

        तिब्बती चिकित्सा तथा औषधि विकास सम्मेलन हिजो तीन तारिख सोमबार ल्हासामा आयोजना भएको छ। सो अवसरमा तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष लोसाङ च्याछोनले उक्त जानकारी दिनुभएको हो। उहाँले तिब्बती चिकित्सा तथा औषधि तिब्बतको महत्वपूर्ण आवश्यक चिकित्सा स्रोत, विशेषतायुक्त आर्थिक स्रोत, नवीन प्राविधिक स्रोत रहेको छ र त्यसको विकासको महत्वपूर्ण अर्थ रहेको बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ