फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भूकम्पबाट तिब्बती पर्यटन उद्योगमाथि केही प्रभाव

(GMT+08:00) 2015-05-19 19:35:09

         नेपालमा गएको विनाशकारी भूकम्पबाट तिब्बतका केही क्षेत्र पनि प्रभावित भएका छन्। तिब्बतमा भूकम्पले पारेको प्रभावप्रति केही पर्यटकको चिन्ता रहेको छ। त्यसको लागि तिब्बत स्वायत्त प्रदेशीय पर्यटन विकास समितिले भूकम्पबाट तिब्बती पर्यटन उद्योगमाथि सानो प्रभाव पारेको छ र पर्यटकले सुरक्षित रुपमा तिब्बतमा घुम्नसक्ने कुरा प्रष्ट्याएको छ।

         तिब्बत स्वायत्त प्रदेशीय पर्यटन विकास समितिका उप-प्रमुख वाङ सुङ फिङका अनुसार, भूकम्पबाट खासा, चिलुङ र सगरमाथा आधा शिविर प्रभावित भएकाले त्यहाँ घुम्न नसकिए पनि तिब्बतका अरु दृश्यावलोकन क्षेत्रमा भूकम्पको परेको छैन र त्यहाँ भ्रमण गर्न सुरक्षित मानिएको छ।

          तिब्बती पवित्र स्थल अन्तर्राष्ट्रिय ट्राभल्स एजेन्सीका कर्मचारी बाइचनका अनुसार, भूकम्पबाट प्रभावित ती क्षेत्रहरुबाहेक तिब्बतका अरु धेरै सुन्दर दृश्यावलोकन क्षेत्र रहेका छन् त्यसबारे सोधखोज गर्ने पर्यटकलाई व्याख्या गरेपछि उनीहरुले तिब्बत भ्रमण गर्न सक्नेछन्।

जानकारी तथा लेखहरु
सुझाउ