फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री ली ख छ्याङद्वारा पत्रकार सम्मेलन

(GMT+08:00) 2014-03-13 20:11:20

       बाह्रौँ राष्ट्रिय जन कंग्रेसको दोस्रो अधिवेशन आज पैचिङमा सम्पन्न भएको छ। अधिवेशन समापनपछि आयोजित पत्रकार सम्मेलन चीनका प्रधानमन्त्री ली ख छ्याङले चिनियाँ तथा विदेशी पत्रकारसँग कुराकानी गर्नुभयो। मलेशिया एयरलाइन्स दुर्घटनाबारे चर्चा गर्दै ली ख छ्याङले क्षिण आशा रहेसम्म खोजी कार्य जारी राखिने बताउनुभयो।

       चालु वर्ष चीनको आर्थिक बृद्धि दर 7.5 प्रतिशतमा राखिएको छ। यस विषयमा केही विदेशी लगानीकर्ता र सन्चारमाध्यमले चीनको अर्थतन्त्रप्रति नकारात्मक विचार प्रवाह छन्। त्यसप्रति ली ख छ्याङले चीनद्वारा लक्षित वृद्धिदरपछाडि जनजीवनमा ध्यान दिएको बताउँदै अन्तर्राष्ट्रिय मुख्य आर्थिक समूहले आर्थिक बृद्धिदर र रोजगारबीचको सम्बन्धमा समान ध्यान दिएको बताउनुभयो। रोजगारी बढाउने, जनहितका काम गर्ने र सर्वसाधारणको आम्दानी वृद्धि गर्ने उदेश्यमा चीनले आर्थिक बृद्धिदर 7.5 प्रतिशत प्रधानमन्त्री लीले स्पष्ट पार्नुभयो।

       चालु वर्ष चीन सरकारको मुख्य कार्य चीनमा गहन सुधारका कार्यक्रम लागू गर्ने रहेको छ। तीमध्ये प्रशासनिक प्रणाली, कर प्रणाली र वित्तीय प्रणाली सुधार मुख्य विषय रहेका छन्। ली ख छ्याङले समष्टिगत नियन्त्रणको सुधार तथा सिर्जना गर्न सरकारलाई अझ बढी समय दिनुपर्ने बताउनुभयो।

        यही वर्ष चीन सरकारको अगाडि सारेका विभिन्न लक्ष्य र सुधार कदमबारे चर्चा गर्दै प्रधानमन्त्री ली ख छ्याङले लागू गर्नु नै महत्व रहेको कुरामा जोड दिनुभयो। साथै उहाँले सुधारलाई बढाउने सरकारको अठोट प्रकट गर्नुभयो।

        आन्तरिक मामिलाबाहेक चीनको कुटनीतिक नीति पनि चर्चित बनेको छ। नयाँ वर्षमा छिमेकी मुलुकसँगको सम्बन्धबारे चर्चा गर्दै प्रधानमन्त्री लीले चीनले प्रयास गरी साझा हित बढाएर सर्वसाधारणलाई फाइदा दिनुपर्ने व्यक्त गर्नुभयो। चीन-अमेरिका सम्बन्धबारे चर्चा गर्दै उहाँले दुई देशबीचको ठूलो नीहित सहयोगी शक्ति रहेको र त्यससम्बन्धी पूरकतालाई अरु बढाउनुपर्ने बताउनुभयो।

       पत्रकार सम्मेलनमा घर जग्गाको भाउ, दूषित कुहिरो तथा तुवाँलो, भ्रष्टाचार नियन्त्रण, चीन तथा विदेशी उद्योगबीचमा सहयोग विस्तार आदि क्षेत्रका पत्रकारले सोधेका प्रश्नको जवाफ प्रधानमन्त्री लीले दिनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ