फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जन गणतन्त्र चीनको स्थापना

(GMT+08:00) 2014-09-28 19:53:52
                सन् 1949को सेप्टेम्बर एक्काइसदेखि तीस तारिखसम्म चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको पहिलो पूर्ण बैठक पेइकिङ (पैचिङ)मा आयोजित भएको थियो। उक्त बैठकमा सहभागीहरुमध्ये चिनियाँ कम्युनिष्ट पार्टी, विभिन्न प्रजातान्त्रिक पार्टी, दलहिन तथा स्वतन्त्र व्यक्तिहरु, विभिन्न गैर-सरकारी समूह, अल्पसंख्यक जाति तथा विदेशमा रहेका चिनियाँ मूलका व्यक्तिहरुका प्रतिनिधिहरु रहेका थिए। बैठकमा संविधानमूलक 'चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको संयुक्त कार्यक्रम' तथा 'चिनियाँ जन राजनैतनिक परामर्शदात्री सम्मेलनको संगठन सम्बन्धि ऐन', 'जन गणतन्त्र चीनको केन्द्रिय जन सरकारको संगठन सम्बन्धि ऐन' पारित भएको थियो। साथै बैठकमा जन गणतन्त्र चीनको राजधानी, राष्ट्रिय झण्डा, राष्ट्रिय गीत तथा कालक्रम भन्ने चार वटा महत्वपूर्ण निर्णय-प्रस्ताव पनि पारित भएको थियो। उक्त बैठकमा माउ चतुङलाई केन्द्रिय सरकारका राष्ट्राध्यक्ष चयन पनि गरिएको थियो। सेप्टेम्बर तीस तारिख आयोजित पूर्ण बैठकबाट सम्पूर्ण विश्वलाई 'जन गणतन्त्र चीन स्थापित भैसकेको' घोषणा गरिएको थियो। अक्टोबर एक तारिखका दिन जनगणतन्त्र चीनको केन्द्रिय सरकारको स्थापना समारोह राजधानी पैचिङमा आयोजित भई राष्ट्राध्यक्ष माउले थेनआनमन भवनमा 'जन गणतन्त्र चीनको केन्द्रिय सरकार आज स्थापित भएको छ' भन्ने कुराको घोषणा गर्नुभएको थियो। जन गणतन्त्र चीनको स्थापना नै देश समृद्ध, सामर्थ्य बन्ने तथा सम्पूर्ण आमजनता धनी बन्ने आधारभूत कार्यभारको लागि चीन नयाँ बाटोमा हिंड्न थालिएको प्रतीक हो।
जानकारी तथा लेखहरु
सुझाउ