|
|
|
|||||||||
|
||

छिङ्गहाइ प्रान्तको युशु प्रिफेक्चरमा एउटा पवित्र धार्मिक आस्थाको केन्द्र छ जस्को नाम भाग्यशाली ढुङ्गाले कोरिएको छ। तिब्बती पठारभूमिमा रहेको एउटा रहस्यमय स्थल जसलाई पत्थरहरुको घर नै भन्दा पनि फरक पर्दैन। पत्थर माथिको धार्मिक विश्वासलाई चित्रित गर्ने खालका यस्ता ढुँगाहरुको स्थल युशु प्रिफेक्चर क्षेत्रमा देख्न सकिन्छ जसलाई मा नि श भनिन्छ। जस्को अर्थ मणि पत्थर भन्ने हो।
मानिश अर्थात् माणि पत्थर को अर्को प्राचीन नाम माच् श हो। मा च् श् प्राचीन शाङ्ग श्वाङ्ग कालको प्राचीन पत्थर जीवनशैली हो। यो ढुङ्गा वर्तमान तिब्बतीको रीतिरिवाज तथा जीवनपद्धतिको एउटा पाटो हो जुन विवाह, ज्योतिषशास्त्र, औषधी, साहित्य, नृत्यकला, चित्रकला, बाढी जस्तो विपदा आदिसँग सम्बन्धित भएकाले यो धेरै महत्वपूर्ण छ। यो ढुङ्गा तिब्बतीहरुले प्रार्थना गर्ने अद्वितीय माध्यम मध्येको एक हो। पहाड तथा तलाउको पूजा, रङ्गीन ध्वजापताका तथा मूर्ति, मन्त्र आदि कुराहरु पनि यससँग जोडिएका हुन्छन्।

श्रद्धेय वृद्ध योङ्ग छुङ्ग जस्ले यो व्रम्हाण्डको संरचना पृथ्वी, जल, तेज, वायु र आकाश गरी पाँच तत्वको सम्मिश्रणबाट तयार भएको तथ्यमा आधारित रहेर पृथ्वीमा जहाँ पनि चाहे त्यो पहाड होस् वा ढुङ्गा, नदी, तलाउ, वृक्ष, र एक सानो कणमा पनि प्राकृतिक आध्यात्मिकता रहेको निष्कर्ष निकाले। आध्यात्मिकता प्रकृतिको विशेषतायुक्त शक्ति हो। ती वृद्धले प्राचीनकालमा प्राकृतिक श्रोतको उपयोग गर्ने तरीका प्रचार गरे जसरी पानी, हावा, आगो र अन्य कुराहरु जसमा शक्तितत्व र ज्ञानतत्व रहेको जिकीर गरे र त्यसपछि यो तिब्बतीहरुको जीवनशैलीको एक पाटो बन्न पुग्यो।
मणि पत्थर अधिकतर प्रसन्नताको खोजीका लागि प्राचीन शाङ्ग शुङ्ग धर्मगुरु योङ्ग चुङ्गको प्रवचना, नैतिक चरित्र, बौद्ध मन्त्र, शुभ भावहरु कुँदिने एक पारम्परिक तिब्बती लोककला हो। मणि पत्थर पहाड, नदी तलाव आसपासका क्षेत्रमा पाउन सकिन्छ।
बौद्ध धर्मको मुख्य मन्त्र ओम मणि पद्मे हूँबाट यस मणि पत्थरको नामांकन भएको हो। तिब्बतीहरु यस मणि पत्थरलाई सौभाग्यको प्रतीक मान्दछन्। यसम कुँदिएको मन्त्र वाचनले पापहरु नष्ट भै अलौकिक आध्यात्मिक शक्ति पैदा गर्दछ।

| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||