फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्रिय जन-कांग्रेस व्यवस्था

(GMT+08:00) 2015-02-27 14:55:26
           चीनको सर्वोच्च राष्ट्रिय आधिकारिक संस्था---चिनियाँ राष्ट्रिय जन-कांग्रेसको वार्षिक सम्मेलन पाँच तारिखका दिन पेइचिंगमा शुरु भयो। चिनियाँ जनताको राजनीतिक जीवनमा यो ठूलो कुरा हो। चीनको संविधानअनुसार, मुलुकको सबै अधिकार जनतामा निहित हुन्छ। जनताले मुलुकको अधिकार प्रयोग गर्ने कार्यालय चिनियाँ राष्ट्रिय जन-कांग्रेस र क्षेत्रीय विभिन्न तहका जन-कांग्रेस हुन। जन-कांग्रेसको सदस्य अर्थात जन-प्रतिनिधि प्रजातान्त्रिक चुनावद्वारा निर्वाचित हुन्छन। जन-कांग्रेसका सदस्य जनताप्रति जवाफदेही हुनुपर्छ, साथै जनताको निगरानीमा हुनुपर्छ। यो चीनको मूलभूत राजनीतिक व्यवस्था---जन-कांग्रेस व्यवस्था हो।

            त्यसबाट हेर्दा जन-कांग्रेस व्यवस्थाको सारतत्व के हो भने, जनता मुलुकका मालिक हुन। त्यसैले चीनको सबै अधिकार जनताको हातमा रहेको छ। तर यति जनसंख्या भएको चीनले कसरी एक अरब तीस करोड चिनियाँ जनतालाई साँच्चिकै अधिकारको प्रयोग गराउनसक्छ भन्ने केही श्रोताको प्रश्न छ। चीनको जन-कांग्रेसको अधिवेशनद्वारा निर्वाचित जन-कांग्रेसका प्रतिनिधिमा विभिन्न तह, विभिन्न क्षेत्र, विभिन्न जाति, विभिन्न पक्षको व्यक्ति समावेश हुन्छन। यसरी जनताको पूर्ण सहभागिता रहेकाले जन-कांग्रेसको अधिवेशनले विभिन्न तहका जनताका साझा हितलाई केन्द्रिभूत गर्नुका साथै विभिन्न पक्षको विशेष हितलाई प्रतिविम्वित र समन्वय गरी समाजको हरेक तहलाई आफ्नो राजनीतिक प्रतिनिधि दिनेगर्छ। यस एघारौँ चिनियाँ राष्ट्रिय जन-कांग्रेसको प्रतिनिधिबारे चर्चा गर्दै चिनियाँ राष्ट्रिय जन-कांग्रेस स्थायी समितिका उपाध्यक्ष शँग ह्वा रनले जानकारी दिनुभयो: दशौँ चिनियाँ राष्ट्रिय जन-कांग्रेसका प्रतिनिधिभन्दा एघारौँ राष्ट्रिय जन-कांग्रेसका प्रतिनिधिको गठन अझ उचित छ। प्रान्त स्तरीय सरकारअन्तर्गत विभागका नेताबाट प्रतिनिधि हुनेहरुको संख्या पहिलेभन्दा एक तिहाइ कम भएको छ, मजदूर प्रतिनिधिको संख्यामा एक गुनाभन्दा बढीले वृद्धि भएको छ, आधारभूत तहका किसानका प्रतिनिधिको संख्यामा सत्तरी प्रतिशतले वृद्धि भएको छ, विश्वविद्यालय र कलेजभन्दा माथि रहेका प्रतिनिधिको संख्या बयान्नब्बे प्रतिशत पुगेको छ। समष्टिगत दृष्टिकोणबाट हेर्दा नयाँ निर्वाचित एघारौँ चिनियाँ राष्ट्रिय जन-कांग्रेसका प्रतिनिधि प्रजातन्त्रिक तरिकाले सिफारिस गरिएका, सम्बन्धित विभागको परिक्षणमा उत्तिर्ण भएका, जनताबाट स्वीकार गरिएका छन।

           "जनताले मलाई प्रतिनिधि छानेका छन, जन-प्रतिनिधिका नाताले म जनताका लागि सेवा गर्छु।" चिनियाँ राष्ट्रिय जन-कांग्रेस स्थायी समितिका अध्यक्ष ऊ पाँग कोले दशौँ चिनियाँ राष्ट्रिय जन-कांग्रेसका प्रतिनिधिको कामबारे लेखाजोखा गर्दै भन्नुभयो: "पाँच वर्षदेखि यता हामीले समाधान गरेका प्रतिनिधिद्वारा प्रस्तुत प्रस्ताव 3772 वटा छन, प्रतिनिधिको सुझाव उनान्तीस हजारभन्दा बढी छन, प्रतिनिधिको जानकारी पाउने अधिकारलाई संरक्षित गरिएको छ, प्रतिनिधिको सुझाव र प्रस्तावको समाधान गर्ने गुणस्तर स्पष्ट रुपमा वृद्धि भएको छ, र यसरी प्रतिनिधिको भूमिका पनि अझ प्रभावकारीरुपमा निर्वाह गरिएको छ।"

           चिनियाँ राष्ट्रिय जन-कांग्रेसका प्रतिनिधिको कार्यावधि पाँच वर्षको हुन्छ। हरेक वर्ष एक पटक नियमित सम्मेलनको आयोजना हुन्छ। पाँच तारिखका दिन शुरु भएको वार्षिक सम्मेलन नयाँ कार्याकालको चिनियाँ राष्ट्रिय जन-कांग्रेसको पहिलो सम्मेलन हो। यो सम्मेलन दुई हप्तासम्म चल्नेछ। सम्मेलनमा राष्ट्रिय जन-कांग्रेसका प्रतिनिधिले सरकारको कार्य-प्रतिवेदन सुन्नुका साथै त्यसको लेखाजोखा गर्नेछन, राष्ट्रिय अर्थतन्त्र र समाजको विकाससम्बन्धी योजना प्रतिवेदन तथा केन्द्रीय र क्षेत्रीय बजेट प्रतिवेदन आदिको लेखाजोखा गरी त्यसलाई पारित गर्नेछन। यसबाहेक, यस सम्मेलनमा दुईवटा महत्वपूर्ण कार्यसूची पनि छन: नयाँ राष्ट्रिय संस्थाका नेताको निर्वाचन गरिने छ र राज्य परिषदको संस्थागत सुधारसम्बन्धी योजनामाथि छलफल गरिनेछ।

           चिनियाँ राष्ट्रिय जन-कांग्रेस व्यवस्था चीनमा लागू भएको आधा शताब्दीभन्दा बढी समय बितिसकेकोछ। चीनका राष्ट्राध्यक्ष हु चिन थाउले यस व्यवस्थालाई अझ सुदृढ र व्यवस्थि पारिनुपर्ने कुरा उल्लेख गर्नुभएको छ: चिनियाँ जन-कांग्रेस व्यवस्था भन्नाले चीनको अवस्थाअनूकुलको, चीनको समाजबादी मुलुकको सारतत्व समेटिएको र जनतालाई मुलुकको मालिक बनाउने कुरालाई प्रत्याभूति दिने मूलभूत राजनीतिक व्यवस्था हो। हामीले जन-कांग्रेस व्यवस्थालाई कायम राख्नुका साथै यसलाई अझ पूर्णता दिई अझ बढी प्रजातान्त्रिक बनाउने, प्रजातान्त्रिक तरिकालाई विविध पार्ने, जनताले क्रमशः राजनीतिमा भाग लिने कार्यलाई विस्तृत पार्ने, जनताले ऐनवमोजिम विभिन्न उपायमार्फत राष्ट्रिय मामिला, आर्थिक र सांस्कृतिक मामिला र सामाजिक मामिलाको संचालन गर्नपाउने कुरालाई प्रत्याभूत गर्नेछौँ।

जानकारी तथा लेखहरु
सुझाउ