फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा विध्वंशकारी भूकम्प

(GMT+08:00) 2015-04-25 20:44:07

       नेपाली समयअनुसार आज अप्रिल पचीस तारिख मध्यान्ह बाह बजेतिर राजधानी काठमाण्डौँमा ठूलो भूकम्प गएको छ। चीनको भूकम्प नेटवर्कका अनुसार, यो भूकम्प 8.1 रेक्टर स्केलको रहेको छ र भूकम्प स्रोतको गहिराइ बीस किलोमिटर रहेको छ। नेपाली सरकारका प्रवक्ताका अनुसार, हालसम्म भूकम्पबाट कम्तिमा 449 जनाको मृत्यु भएको छ। नेपालका लागि चीनको राजदूताबासका अनुसार, दुईजना चिनियाँ नागरिकको मृत्यु भएको छ भने अन्य केही चिनियाँ पर्यटकसँग सम्पर्क हुन सकेको छैन। अमेरिकी सीएनएन संचार संस्थाका अनुसार, भूकम्प गएपछि सगरमाथामा हिम पहिरो पनि गएको छ।

       भूकम्प गएपछि काठमाण्डौँका केही घर-भवन ध्वस्त भएका छन्। मानिसहरु सडक अथवा खुल्ला चउरमा भेला भएका छन्। भूकम्पबाट संचार क्षेत्रमा पनि ठूलो प्रभाव परेको छ। नेपालका सूचना तथा संचारमन्त्री मीनेन्द्र रिजालका अनुसार, नेपालले यत्रो भूकम्पको सामना गर्ने अनुभव र प्रबन्धको चाँडो चाहेर जरुरी उद्धार गर्न अन्तर्राष्ट्रिय समूहलाई आह्वान गरेको छ।

         पूर्वी भारत र नेपालसँग जोडिएको क्षेत्रमामा पनि भूकम्पको धक्का महसुस गरिएको छ भने हालसम्म कम्तिमा चौध जना मृत्यु भएका छन् र दशौँ जना घाइते भएका छन्। यसबाहेक पाकिस्तान, मलेशिया, बंगलादेशमा पनि भूकम्पको महसुस भएको छ।

         नेपालमा गएको भूकम्पबाट नेपालसँग जोडिएको चीनको स्वायत्त प्रदेश तिब्बतको शिखाचेको चिलुङ जिल्ला, न्येलामु जिल्ला आदि क्षेत्रमा पनि भूकम्प गएको छ। त्यसबाट केही घर-भवन ध्वस्त भएका छन् भने न्यालामु जिल्लामा सात जनाको मृत्यु भएको छ। यसबाहेक ल्हासामा पनि भूकम्पको धक्का महसुस भएको छ। खासा नाका पुग्ने 318 नम्बरको राजमार्ग अवरुद्ध भएको छ। हाल सशस्त्र प्रहरीले उद्धार तथा पुनर्निर्माण काम थालेको छ। चीनको भूकम्प ब्यूरोले तेस्रो स्तरीय आकस्मिक प्रतिक्रियाको पनि सुरु गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ