फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

श्रोता निर्मला अधिकारीको शुभकामना

(GMT+08:00) 2016-02-02 11:06:09
श्रीमान् प्रमुख ज्यू

सीआरआई नेपाली सेवा

बेइजिङ चीन

सबैभन्दा पहिले चिनियाँ नयाँ वर्ष वसन्त चाडका अवसरमा शुभकामना व्यक्त गर्दछु। चिनियाँहरुले यही फेब्रुअरी ८ तारिखदेखि भेडा वर्षलाई बिदा गरेर बाँदर वर्षलाई भित्र्याउँदै गरेको खुशीयालीमा शुभकामना व्यक्त गर्दछु। यो नयाँ वर्षमा चिनियाँहरुमा अझैबढी सुख शान्ति र प्रगति हुने आशा मैले गरेको छु। चीनको नेतृत्वमा भरखरै एसियाली पूर्वाधार लगानी बैक खुलेको छ। अब यसले विकासको गति लिनेछ। अनि त्यसबाट नेपाललाई पनि फाइदा पुग्ने छ।

चीनले यही वर्षदेखि तेर्‍हौँ पन्चवर्षीय योजना पनि सुरु गरेको छ भने दुई सन्तानको नीति पनि अगाडि सारेको छ। यी सबै कुराले चीनको आर्थिक वृद्धि तथा प्रगतिमा गहिरो सम्बन्ध राख्नेछन्। क्षेत्रीय शान्ति र स्थिरताका लागि चीनले अँगाल्दै आएको नीति अत्यन्त राम्रो छ।

नयाँ बाँदर बर्षमा चीनको प्रगति बाँदरको जस्तै फुर्तिलो र उत्पादनमूलक हुने कुरामा म पूर्ण विश्वस्त छु। अन्तमा चिनियाँहरुको महान् पर्व वसन्त चाड अर्थात् चिनियाँ नयाँ वर्ष बाँदर वर्ष २०१६ को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

निर्मला अधिकारी

काठमाडौँ नेपाल

जानकारी तथा लेखहरु