फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उपाध्यक्ष सि आर आई श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपालका उपाध्यक्ष हुमबहादुर खड्काको शुभकामना

(GMT+08:00) 2016-02-02 11:07:26
जाडोको अन्त्य र बसन्तको आगमनसगै यतिबेला हाम्रो अभिन्न छिमेकी मित्रराष्ट्र चीन तथा चीनिया मित्रहरूको घर आगनमा अनुपम हर्ष र उमंगकासाथ महान पर्व

बसन्त चाड भित्री सकेको छ।शान्ति, मित्रता, एकता र सद्भावको प्रतीक चीनियाहरुको राष्ट्रिय पर्व वसन्त चाडको यस विशेष क्षणमा सिङ्गो चिनियाँ दाजुभाइ एबम दिदिबहिनीहरुमा हामी सम्पुर्ण नेपालीहरु खुशी बाड्न चाहन्छौ।वसन्त चाड 2016 को पावन अबसरमा मेरो आफ्नो ब्याक्तिगत एबम सि आर आई श्रोता क्लबहरुको राष्ट्रिय परिषद् नेपालको तर्फबाट सि आर आई नेपाली विभागका प्रमुख बर्षा ज्यु लगायत यस विभागमा कार्यरत सम्पुर्ण मित्रहरूमा सुख, शान्ति, समृद्धि,दिर्घायु, अटल शौभाग्य तथा उतरोतर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु। यसैगरी सि आर आई नेपाली विभाग मार्फत बसन्त चाडको उपलक्ष्यमा चीन सरकार एबम चीनिया कम्युनिस्ट पार्टीका नेतागण तथा समस्त चिनियाँ जनताहरुको सुस्वास्थ्य, समृद्धि, उन्नति र प्रगतिका लागि हार्दिक शुभकामना अर्पण गर्दछु।बसन्त चाडको सङ्सगै शुरु भएको यो चिनियाँ नयाँ बादर वर्षले, चिनले चौतर्फी क्षेत्रमा हासिल गर्दै आएको सफलतालाई यो नयाँ वर्षमा पनि निरन्तरता दिदै विश्वकै सर्वसम्पन्न अरु झलझलाउदो मुलुक बन्न सकोस्, चिनियाँ जनताहरुमा हरेक क्षेत्रमा उच्च सफलताका निम्ति थप जोश,जागर र हौशला प्रदान गर्न सकोस्।आम नेपाली श्रोताको प्रेरणाको श्रोत सि आर आई नेपाली विभागले अझ रोचक र ज्ञानवर्धक कार्यक्रम पस्कदै सर्वोच्च शिखरमा पुग्न अझ बढी सफलता मिलोस् मेरो हार्दिक शुभकामना ।हामी नेपाली श्रोता र रेडियो बीचको सम्बन्ध अरु गाढा र घनिष्ठ बन्दै जाओस् ।

नेपाल -चीन मैत्री सम्बन्ध युगौयुग कायम रहोस्।

धन्यवाद ।

हुमबहादुर खड्का

उपाध्यक्ष

सि आर आई श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपाल

जानकारी तथा लेखहरु