फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

श्रोता रमेश कुमार भट्टराईको शुभकामना

(GMT+08:00) 2016-02-02 11:08:54
नव वर्ष 2016 को सुभारम्भ भैसकेको छ। नव वर्ष 2016 को पावन अवसरमा नेपाली विभागमा कार्यरत चिनिया तथा नेपाली साथीहरुको सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायु एवम् निरन्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु। घनिष्ठ मित्र चीन ऐतिहासिक कालदेखिको नेपालको असल छिमेकी हो। एक अर्काको दुखसुखका साथीको रुपमा परिचित यी दुवै मुलुक विश्वमै उदाहरणीय मित्र देशको नमूना प्रस्तुत गर्न सफल भएका छन्। विश्व रंगमञ्चमा चीनले हाल निर्वाह गरिरहेको भूमिका अतुलनिय छ। विश्व शान्तिका लागि चीनको योगदान प्रशंसनिय छ। त्यसैगरी चिनिया जनताको जीवन स्तर उकास्न र चिनिया सपना साकार पार्न चिनिया कन्युनिष्ट पार्टी प्रतिवद्ध छ। हामी विश्वस्त छौं चीनले नव वर्ष 2016 मा अझ धेरै सफलता हासिल गर्नेछ। साथै दुई मुलकबीचको सम्वन्ध नव वर्षमा अझ विकसित हुने विश्वास साथ सन् 2016 मा सी.आर.आई र सी.आर.आई नेपाली विभागको उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दै विदा हुन्छु।

नेपाल चीन सुमधुर मैत्री अमर रहोस्।

विराटनगर 11, मोरंगका श्रोता

रमेश कुमार भट्टराई

जानकारी तथा लेखहरु